निर्मलवस्ती खानेपानी उपभोत्ता समितिमा पूरानै नेतृत्वलाई निरन्तरता
वीरगन्ज, १५ असार । पर्साको ठोरी गाउँपालिका वडा नम्बर ४ को निर्मलवस्ती खानेपानी तथा सरसफाई उपभोक्ता समितिको आज सम्पन्न साधारणसभाले नयाँ नेतृत्व चयन गरेको छ ।
दोस्रो साधरणसभाले झलक बहादुर श्रेष्ठको नेतृत्वको कार्यसमितिलाई नै निरन्तरता दिने निर्णय गरेको छ । समितिको सचिवमा राम बहादुर गोले, कोषाध्यक्षमा सकिना बस्नेत, सदस्यहरुमा पासाङ लामा, नेमा तामाङ्ग, सञ्जु तामाङ, भक्त बहादुर श्रेष्ठ,कृष्णा श्रेष्ठ,
चतुर बहादुर श्रेष्ठ लगायत नौ सदस्यीय कार्यसमित रहेको विजयवस्ती खानेपानी तथा सरसफाई उपभोक्ता समितिका पूर्व अध्यक्ष अमर निर्दोषले जानकारी दिनुभयो ।