पब्जी मोबाईल विश्व च्याम्पियनसिपमा नेपाली टिम दोश्रो स्थान प्राप्त गर्न सफल 

पब्जी मोबाईल विश्व च्याम्पियनसिपमा नेपाली टिम दोश्रो स्थान प्राप्त गर्न सफल 


वीरगन्ज, २५ पुष । इन्डोनेसियामा भएको पब्जी मोवाइल विश्व च्याम्पियनसिपमा नेपाली टिम दोस्रो भएको छ । खेलमा नेपालको डीआरएस टिम टर्कीको एसटूजीसँग पराजित भएको हो ।

फाइनल चरणको खेलमा एसटूजीले १९० अंक जोड्यो भने नेपाली टिम डीआरएसले १५८ अंक मात्र जोड्यो । उपविजेता डीआरएसले २ लाख ९२ हजार अमेरिकी डलर (करिब ३ करोड रुपैंया) पुरस्कार पाएको छ ।

विभिन्न देशका प्रतिस्पर्धीहरुलाई पराजित गर्दै नेपाली टिम फाईनलका लागि इण्डोनेसियामा प्रतिस्पर्धा गर्न गएको थियो । इण्डोनेसियामा टर्कीको टिमसँग नेपालले हार व्यहोरेको हो ।