एभरेष्ट प्रिमियर लिग (ईपीएल) मा काठमाडौं ७ विकेटले विजयी
वीरगन्ज, ९ असोज । आजदेखि सुरु भएको बजाज पल्सर एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेट प्रतियोगितामा काठमाडौं किंग्स विजयी भएको छ । किर्तिपुर स्थित अन्तराष्ट्रिय क्रिकेट मैदानमा ललितपुर प्याट्रियोट्सलाई काठमाडौं किंग्स ११ ले भएको ७ विकेटले पराजित गरेको हो ।
टस जितेर पहिले बलिङ रोजेको काठमाडौले ललितपुरलाई व्याटिङको निम्तो दिएको थियो । ललितपुर पेट्रियाट्सले निर्धारित २० ओभरको खेलमा ८ विकेटको क्षतिमा १५७ रनको योगफल तयार पारेको थियो ।
१५८ रनको लक्ष्य सहित जवाफी व्याटिङ गरेको काठमाडौं किंग्स ११ ले निर्धारित २० ओभरको खेलमा १४ ओभर २ बलमै तीन विकेट गुमाएर लक्ष्य भेटायो । ईपीएल प्रालीको आयोजनामा भएको प्रतियोगितामा ६ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्दैछन् ।
नेपालकै चर्चित टी–२० फ्रेन्चाइज क्रिकेटको चौथो संस्करणका त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज उद्घाटन भएको हो । सिंगल राउण्ड रोविनको खेलहरु भएपछि क्वालिफायर हुँदै फाइल हुनेछ ।
५० लाख पुरस्कार र ईपीएलको आकर्षक ट्रफीका लागि साविक विजेता ललितपुर प्याट्रिओट्स सहित, विराटनगर वारियर्स, भैरहवा ग्लाडिएटर्स, काठमाडौं किंग्स ११, चितवन टाइगर्स र पोखरा राइनोजबीच प्रतिस्पर्धा हुनेछ ।