मैत्रीपूर्ण क्रिकेटमा नेपाल पत्रकार महासंघ सात रनले विजयी 

मैत्रीपूर्ण क्रिकेटमा नेपाल पत्रकार महासंघ सात रनले विजयी 

वीरगन्ज, २२ मंसिर । सानोपाईलाले आयोजना गरेको मैत्रीपूर्ण क्रिकेट प्रतियोगितामा नेपाल पत्रकार महासंघ पर्सा विजयी भएको छ । गैरसरकारी संस्था सानोपाईलाको बार्षिकोत्सवको अवसरमा आदर्शनगर रंगशालामा भएको महासंघ र सानोपाईलाबीचको मैत्रीपूर्ण क्रिकेट प्रतियोगितामा नेपाल पत्रकार महासंघले सानोपाईलालाई ७ रनले पराजित गरेको हो ।

पहिले व्याटिङ गरेको नेपाल पत्रकार महासंघले निर्धारित १२ ओभरको खेलमा ८ विकेट गुमाउदै ९३ रनको योगफल तयार पारेको थियो । ९४ रनको लक्ष्य सहित जवाफी व्याटीङमा उत्रिएको सानोपाईलाले निर्धारित १२ ओभरको खेलमा ३ विकेटको क्षतिमा ८७ रन मै समेटिएपछि खेल नेपाल पत्रकार महासंघ पर्साले जितेको हो ।

विजयी टिमलाई मेडल र प्रमाणपत्र वितरण गरिएको सानोपाईलाका विवेक कर्णले जानकारी दिनुभयो । प्रतियोगितामा नेपाल पत्रकार महासंघ प्रदेश २ का महासचिव श्याम बञ्जारा, पर्सा अध्यक्ष अनुप तिवारी, पूर्व अध्यक्ष शत्रुधन नेपाल लगायत पर्साका सञ्चारकर्मीहरु र सानोपाईलाका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।