कोभिड–१९ को सुरुवातदेखि खटिएका डा. उदयनाराण सिंह भन्छन्, पर्सामा कोरोनाको उच्च जोखिम ! 

कोभिड–१९ को सुरुवातदेखि खटिएका डा. उदयनाराण सिंह भन्छन्, पर्सामा कोरोनाको उच्च जोखिम ! 
डाक्टर उदय नारायण सिंह

आदरणीय जनसमुदाय !

बिगत केहिदिनको छिमेकी मुलुकको covid सम्बन्धि समाचार बाट पक्कै पनि हामी सबै अबगत नै छौ। खुल्ला सिमाना,व्यापार,साझा संस्कृति भएको हाम्रो मुलुक संक्रमण बाट पक्कै पनि अछुतो रहन सकदैन। बिशेष गरि देशकै  मुख्य नाका रहेको पर्सामा यसको सबैभन्दा बढी प्रभाव पर्ने निश्चित जस्तै छ । तपाईं हामी माझ एक साताको तथ्यांकले पनि एउटा घण्टी बजाएको छ । तर वास्तविकता त्यो तथ्यांक भन्दा निकै बिकराल छ ।  झन्डै न्युन तर बास्तबिकता त्यो तथ्यांक भन्दा निकै बिकराल छ। झन्डै निउन covid positive case भएको ,बिरगंज मा एक साता येता औसत ४०% positive cases देखिनु देखिनु आफैमा ठूलो चेतावनी हो । अधिकांश चेक जाँच गराउनेहरु कडा लक्षण लिएर  मात्रै आउने गरेका छन् । जुन समग्र cases हरुको एक चौथाई मात्रै हो । अर्थात अझ तीन चौथाई positive cases हरु निर्धक्क साथ हाम्रो समाजमा घुमिरहेका छन र ती सन्क्रमित हरु ले तिब्र रुपमा संक्रमण फैलाउने काम गरिरहेका छन।

फरक संदेश हरु :

१.क्लिनिकल presentation covid pneumonia को फरक छ ।

२. रगत का parameters हरु मा lymphopenia बाहेक अधिकांशमा thrombocytopenia देखिएको छ ।

३. छिटो pneumonia देखिनु(पहिला औसत ७-१० दिन)मा pneumonia देखिन्थ्यो भने अहिले ५ दिन भित्र नै देखिने गरेको छ ।

४. युबा तथा ५० बर्ष मुनिका ब्यक्तिहरुको संख्या बढी देखिनु आफैमा ठूलो चेतावनी हो । 

५. बालबालिकामा लक्षण देखिनु पनि सोच्नै पर्ने समस्या हुन जान्छ ।

६. बिगत ५ दिन यता ५ जना को pneumonia जस्तो लक्षण देखिनु र अधिकांशको २४ घण्टामा मृत्युु हुनु पनि कम्युनिटी spread को संकेत नै हो । फरक यति मात्र छ तिनीहरुको covid परिक्षण गरिएको थिएन ।

७. मिति २०७७/१२/३० गतेको तथ्यांक ९५ मध्य ४० जना positive आउनु र अधिकांस को CT value २० या अझ मुनि हुनु आफैमा ठुलो चेतावनी हो ।

जनसमुदायलाई डाक्टर सिंहको सुझाव : 

१. covid लै सजिलो नबुझ्ने र हेल्चेक्राए न गर्ने ।

२. सबैले mask को उचित प्रयोग गर्ने र गराउने ।

३. विशेषगरी बजार, पसल, स्वास्थ्य संस्था, सरकारी तथा निजि कार्यलयहरु, बैंक तथा बित्तीय, संस्थाहरु,सबारी साधनहरु, बिध्यालय,कलेज आदि भिड हुने ठाँउहरुमा भौतिक दुरिको पालना गर्ने ।

४. वृद्धवृद्दाहरु अनावश्यक घरबाट न निस्कने ।

५. किनमेल सकेसम्म घरको एक जना सदस्य ले गर्ने र बाहिर बाट आउने बित्तिकै साबुन पानी या sanitiser ले रम्ररी हाथ धुने र सम्पुर्ण लुगा बद्लेर मात्र घर भित्र प्रबेस गर्ने।

६. घरको कुनै सदस्यलै रुघाखोकी, ज्वरो ३ दिन भन्दा बढी लाग्यो भने उपल्ब्ध भय सम्म छुट्टै कोठामा राख्ने र छुट्टै खानाको ब्यब्स्था गर्ने। छिटो नजिकको स्वास्थ्य संस्थामा परामर्श गर्ने ।

७. पोसिलो खाने कुरा खाने ।

८. अनुसन्धानहरुले पनि मनतातो पानीमा मह, कागती मिसायर खानाले immunity बढने हुनाले तेसको नियमित प्रयोग गर्ने ।

९. अधिक भन्दा अधिक जन चेतना फैलाउने कार्यपनी अपरिहार्य देखिन्छ ।

सरोकारवालाहरुको जिम्मेवारी

पहिलाको अनुभबहरुबाट पाठ सिक्दै अबिलम्ब पाहिला हरु चाल्नु पर्दछ ।

१. ३०० शैया सम्मको  ISOLATION यथाशीघ्र स्थापना गर्ने (बाबा covid hospital, पोखरिया, hotel isolation, धर्मसाला सहित लाई परिमार्जित गर्दै)

२. HDU र ICU sahit कम्तिमा ६० शैया तयारी अबस्थामा राख्ने ।

३. CPAP ,VENTILATOR आदि २० थान को ब्यबस्था हुनुपर्ने ।

४. जनशक्तिको उचित ब्यब्स्था गर्ने र जोखिमको मुल्यांकन गर्दै सहुलियत प्रदान गर्ने ।

५. covid बिरामीहरुलाइ ओसार पसार गर्न ४ थान AMBULANCE एकद्वार प्रणाली मार्फत तयार राख्ने ।

६. परीक्षणको दायरा फराकिलो पार्ने । 

आफ्नो र आफ्नो परिवाररको सुरक्षा आफै गरौ । SMS को प्रयोग गरौ । 

डाक्टर उदय नारायण सिंह 
सचिव 
नेपाल चिकित्सक संघ 
नारायणी शाखा