गौतम मध्यामिक विद्यालयका विद्यार्थीहरुद्वारा विलक्षण प्रतिभा प्रदर्शन

गौतम मध्यामिक विद्यालयका विद्यार्थीहरुद्वारा विलक्षण प्रतिभा प्रदर्शन

वीरगन्ज, १ पुस । वीरगन्जको गौतम सेकेण्डरी स्कुलले विद्यालयमा आयोजना गरेको अन्तकक्षा सवाजट प्रतियोगितामा विद्यार्थीहरुले उत्कृष्ट प्रदर्शन गरेका छन् । विद्यालयको कक्षा ७ देखि १० सम्म अध्ययन गर्ने विद्यार्थीहरुले गरेको कक्षा कोठा सजावटमा विभिन्न भौतिक विज्ञान, रसायन विज्ञान, आध्यात्म तथा वातावरण र मानवीय संरचना लगायतका सामग्रीहरुले सवावट गरेका थिए ।

उनीहरुले गरेको सजावटको विद्याथीहरुले तर्क सहितको प्रस्तुती गरेका थिए । कक्षा कोठा सजावट र प्रस्तुतीमा कक्षा १० को ‘ए’ प्रथम, कक्षा १० कै ‘बी’ द्वितीय र कक्षा ७ को ‘डी’ तृतीय भएको विद्यालयका प्रशासन प्रमुख रमेश कुमार शर्माले जानकारी दिनुभयो ।

निर्णयकहरुमा प्रकाश सर्राफ, रञ्जना सर्राफ, कृति अग्रवाल र नुतन सरावगी रहनुभएको थियो । प्रतियोगितामा विद्यालयका शिक्षकहरु गणेश क्षेत्री, ललित कर्ण, रमेश शर्मा, एल्भिन रेञ्जर, सीमा कर्नाली, लगायत सञ्चारकर्मीहरुको पनि उपस्थिति रहेको थियो ।

त्यसैगरी २०३३ सालमा शिक्षा सेवा शुरु गरेको गौतम माध्यामिक विद्यालयले २०७९ साल मंसिर २४ गते शनिबार विज्ञान प्रदर्शनी मेला तथा प्रतियोगिता आयोजना गरिएको थियो । प्रतियोगितामा विद्यार्थीहरुको विलक्षण प्रतिभा प्रदर्शन गरेका छन् ।

प्रदर्शनी मेलामा राखिएको वस्तुहरुले अवलोकनकर्ताहरुलाई आश्चार्य चकित बनाएका थिए । विज्ञान मेला प्रदर्शनी प्रतियागितामा कक्षा ३ देखि १० सम्म अध्ययनरत विद्यार्थी समूहहरु सहभागी भएका थिए। सहभागीहरुले प्रदर्शनमा राखिएको विज्ञान सम्बन्धी सामग्रीहरु अत्यन्तै रचनात्मक र वैज्ञानिकता प्रमाण सहितको पाईएको थियो ।

प्रतियोगिताको अन्तिम नतिजा अनुसार । सहभागी समूहमध्ये डिभिजन ए (कक्षा ९ र १०) अन्तरगत कोड ए –१ समूहले बनाएको इ–बाइक प्रथम, कोड–ए (२ समूहले बनाएको लेजर लाइट सेक्युरिटी सिस्टम) द्वितीय र कोड–ए (४ समूहले निर्माण गरेको एन पी के फर्टिलाइजर, ह्युमान फलोइङ कारले तृतीय स्थान हासिल गरेको विद्यालयका प्रशासनिक प्रमुख रमेश कुमार शर्माले जानकारी दिनुभयो ।

त्यस्तै डिभिजन बी (कक्षा ७  र ८) अन्तरगत कोड डी–४ समूहले बनाएको स्मार्ट सिटी प्रथम,कोड डी–६ समूहले बनाएको स्टट गन द्वितीय र कोड सी–७ समूहले बनाएको स्मार्ट भ्वाइस कन्ट्रोलर, एन्टी स्लिप अलार्मले तृतीय स्थान प्राप्त गरेका छन् ।

यसैगरी डिभिजन सी (कक्षा ५ र ६) अन्तरगत कोड ई–९ समूहले निर्माण गरेको डे एण्ड नाइट मोडल प्रथम, कोड एफ–३ समूहले बनाएको मोर्डन इन्फ्राइस्ट्रक्चर द्वितीय र कोड ई–५ समूहले निर्माण गरेको हाइड्रोलिक जेसिबीले तृतीय स्थान हासिल गर्न सफल भएको छ ।

विज्ञान प्रविधि मेला प्रदर्शनीको मूल्यांकनका लागि निर्णायक पनि काठमाडौंबाट बोलाईएको विद्यालय प्रशासनले जनाएको छ । प्रतियोगिताका विजेताहरुलाई मंसिर २८ गते बुधबार विद्यालयको प्राङ्गणमा विजयी समूहलाई  पदक प्रमाणपत्रद्वारा सम्मान तथा नगद पुरस्कारद्वारा पुरस्कृत गरिएको छ ।

भने सर्वोकृष्ट हुने डिभीजन ए अन्तरगत ई–बाइक निर्माण गर्ने समूहकी छात्रा प्रिया चौरसियाले निस्ट कलेज काठमाडौंमा कक्षा ११ र १२ का लागि छात्रवृत्तिसमेत प्राप्त गर्नुभएको छ ।

नेशनल इन्फोटेक कलेजका निर्देशक ईञ्जिनियर मनिष सिंहको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विद्यालयका निर्देशक सोनाम लामा, सहायक प्रधानाध्यापिका श्रीमती परीक्षा पिया लामा, विद्यालय व्यवस्थापन समिति सदस्यहरु लगायत शिक्षक शिक्षिकाहरुको उपस्थिति रहेको विद्यालयका शिक्षक शौरज प्रधानले जानकारी दिनुभयो ।