नारायणी अस्पतालमा २२ वटा डायलासिस मेशिन जडानपछि उपचारमा सहज हुदै
वीरगन्ज, २९ मंसिर । वीरगन्जको नारायणी अस्पतालमा मात्र ७ ओटा डाइलेसिस मेशिन सञ्चालनमा रहेकोमा अब देखी २२ वटा डाइलेसिस मेशिन संचालनमा आउने भएको छ । नारायणी अस्पतालका मेसु डाक्टर बिरेन्द्र बहादुर प्रधानको अन्तिम कार्यकालमा थप १५ वटा मेसिन जडान भएको हो । नारायणी अस्पतालमा लामो समयदेखि डाइलोसिसको समस्या रहेकोमा अब त्यो समस्या अन्त्य भएको छ । नारायणी अस्पतालमा निमित्त प्रमुखका रुपमा सुपरिटेन्डेन्ट डाक्टर विरेन्द्र बहादुर प्रधान नियुक्त भएदेखि अस्पताललाई कसरी सुधार गर्ने भन्ने चिन्ता रहेकोमा अहिले उहाँको प्रयासले २२ वटा डाइलेसिस मेसिन जडान भएको छ । नारायणी अस्पतालमा पहिला ४–५ वटा मात्र डाइलेसिस मेसिन रहेकोमा गरिव तथा विपन्न वर्षका बिरामीहरु महंगो शुल्क तिरेर डाइलेसिस गदै आइरहेका थिए । डाक्टर प्रधानले मनोज केडियासंगको समन्वयमा सिद्धार्थ बैंकले ५५ लाख र निजी दाताले ५ लाख खर्च गरेर १२ वटा डाइलेसिस मेसिन खरिद गरेको र ५ वटा विभागले उपलब्ध गराएको मेसु डाक्टर प्रधानले बताउनुभयो । हाल तयार गरिएको भौतिक संरचनामा १५ मध्ये १३ वटा विमारी र २ वटा सेरोज पोजेटिभ किड्नी बिमारीहरुलाई प्रयोग गर्न राखिएको मेसु प्रधानले बताउनुभयो । अहिले आफूले इमर्जेन्सी डाइलेसिस समेत राखेको निजी अस्पतालमा १२ हजार पर्ने आवश्यक सामान अस्पतालमा ५ हजारमा उपलब्ध गराउने बताउनुभयो । नारायणी अस्पतालमा भइरहेको डाइलेसिसको सम्पूर्ण खर्च नेपाल सरकारले गर्ने भएकोले केवल इमर्जेन्सीको खर्च तोकिएको जानकारी दिनुभयो । सरकारले आफूलाई अस्पतालको मेसुको जिम्मेवारी तोक्यो त्यहि दिनदेखि अस्पताल कसरी सुधार गर्ने भन्ने विषयमा आपूm दिनरात लागेको बताउनुभयो । डायलासिस जडान भएपछि भने अब केही मानवीय काम गरेको जस्तो आफूलाई अनुभूति भएको र यसलाई थप सुधार गरेर लैजान नयाँ जिम्मेवारी पाउनुभएका मेसुले गर्नुपर्ने धारणा राख्नुभयो । निजी अस्पतालले डाइलेसिसबाट लाखौं आम्दानी गरीरहेकोले अब सरकारी तहमा निःशुल्क सेवा पाउने भएपछि अस्पतालमा उपचार गर्न आउनेको सङ्ख्या अहिले बढन थालेको डाक्टर दिपक चौरसियाले बताउनुभयो ।