नारायणी बयोधा अस्पतालमा हाडजोर्नीको सफल प्रत्यारोपण 

नारायणी बयोधा अस्पतालमा हाडजोर्नीको सफल प्रत्यारोपण 

वीरगंज, २९ जेठ । नारायणी बयोधा अस्पतालमा हाडजोर्नीको (हिप) प्रत्यारोपणको सफल अप्रेसन  भएको छ  ।  एक २९ वर्षका युवकको अस्पतालका डाक्टर रंजन कुमार झाको टोलीले सफल सल्यक्रिया गरी हाडजोर्नी प्रत्यारोपण गरेको हो । शरिर र खुट्टा जोड्ने स्थानको  हड्डी दुख्ने समस्याले ग्रसित ती युवक काठमाण्डौका विभिन्न  अस्पताललमा  चेक जांच गराउदा पनि निको नभएपछि उनले बयोधा अस्पतालका बरिष्ठ हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा. रंजन कुमार झासंग देखाएका थिए ।

परीक्षण गर्दा उनका दुवै हिपमा समस्या देखिएपछि डा. झा ले उनका पछिलो रिपोर्टस र छेक जांच गर्दा उनलाइ ओस्टियो नेक्रोसीस   भएको पत्ता लाग्यो ।  त्यसलाई यकिन गर्न एम.आर.आइ. गराएर हेर्दा बास्तविक रुपमा ओस्टियो नेक्रोसीस  नै भएको प्रमाणित पनि  भयो । त्यस पश्चात  डा. रंजन कुमार झाको टोलीले उनको हाडजोर्नी (हिप) शल्यक्रिया गरेर प्रत्यारोपण गरेको हो । शल्यक्रियापछि अहिले उनी दुखाई बाट मुक्त भएर सहज रुपमा हिड्न सकेका छन ।

डाक्टर झाको टोलीले गरेको सफल हिप प्रत्यारोपणबाट सन्तुष्ट भएर घर फर्केका छन्। यस अघि पनि  डा. रंजन कुमार झाले घुँडा प्रत्यारोपण, हिप प्रत्यारोपण को ५० वटा भन्दा बढी सफल अप्रेसन गरि बिरगंजमा छुटै पहिचान स्थापना गर्न सफल भएको अस्पतालको दावी छ । नारायणी बयोधा अस्पतालले हड्डी  भाँचिएको, नशा च्यापिएका, गठिया,  बाथ रोगको सफल अप्रेसन र उपचार गर्दै आएको छ ।