अस्पताल घुमाउदा घुमाउदै एम्बुलेन्समा किशोरीको ज्यान गयो 

अस्पताल घुमाउदा घुमाउदै एम्बुलेन्समा किशोरीको ज्यान गयो 

वीरगन्ज, ११ जेठ । रौतहटको गुजरा नगरपालिका कनकपुर वडा नम्बर ४ बस्ने १७ बर्ष कि किशोरीलाई मृगौलाको समस्या थियो । कोरोना महामारीको संकटमा उपचार गर्न आउनुपर्ने बाध्यता थियो । बाबु आमाले उनलाई वीरगन्जमा उपचारका लागि लिएर आए । रौतहट भन्दा स्वास्थ्य उपचार र सुविधा पनि राम्रो होला भनेर वीरगन्जमा नै उपचारका लागि आएकी थिईन् ।

तर, उनको वीरगन्जको अस्पतालहरुमा घुमाउदा घुमाउदै उपचार नपाएर एम्बुलेन्समा नै गएराति ज्यान गयो । वीरगन्जको तीनवटा अस्पतालमा घुमाउदा पनि उपचार नपाएर ती किशोरीले ज्यान गुमाउनु परेको हो । मृगौलाको समस्याबाट पीडित किशोरीलाई शुरुमा गण्डक स्थित वीरगन्ज हेल्थ केयर अस्पतालमा भर्ना गर्न ल्याईएको थियो । त्यहाँ प्रराम्भिक चेकजाँचका लागि आधा घण्टा राखेर भर्ना नलिएपछि उनलाई वीरगन्जको बसपार्क नजिकैको भवानी हस्पिटलमा लगिएको थियो ।

भवानी हस्पिटलले पनि आधा घण्टाजति राखेर भर्ना नगरी फिर्ता पठायो । अस्पतालहरुमा बिरामी भर्ना लिन नै नमान्ने गरेको पीडितका अभिभावकले दुखेसो गरेका छन् । भवानीबाट  नारायणी अस्पतालमा लगिएपनि त्यहाँ पनि भर्ना लिन नमानेपछि किशोरीलाई नेशनल मेडिकल कलेजमा लगिएको थियो । मेडिकल कलेजमा पु¥याएपनि त्यहाँका चिकित्सकले बाटोमा एम्बुलेन्स मै मृत्यु भईसकेको बताएको कोभिड एक्सन टिम क्याटका सदस्य एवं पत्रकार अमित अग्रवालले बताउनुभयो ।