कोरोना विरुद्धको खोप आयात अनुमति दिन निजीक्षेत्रको माग

कोरोना विरुद्धको खोप आयात अनुमति दिन निजीक्षेत्रको माग

वीरगन्ज, १० जेठ । निजीक्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नम्बर २ ले पनि निजीक्षेत्रलाई खोप खरिद गरेर आयात गर्ने व्यावस्था मिलाउन माग गरेको छ । संघका प्रदेश नम्बर २ अध्यक्ष गणेश लाठले एक विज्ञप्ति जारी गर्दै खोपको सहज पहुँचका लागि निजीक्षेत्रलाई पनि खोपको आयातको अनुमति दिन माग गरेका हुन् । 

विज्ञप्तिमा भनिएको छ, ‘दोश्रो लहरको संक्रमण नियन्त्रणमा ल्याउन निकै चुनौती रहेको अवस्थामा फेरी तेश्रो लहर पनि देखा परिसकेको पुष्टि भएको रक तेश्रो लहरको कोरोना संक्रमण अझ खतरनाक रहेको विज्ञहरुको भनाईले थप चिन्ता र त्रास बढाएको छ । अर्कोतर्फ संक्रमितहरुलाई ‘ब्ल्याक फंगल्स’ जस्ता नयाँ नौला रोग पनि देखा पर्न थालेकाले आम जनतामा झनै सन्त्रास थपिएको छ । श्रृङ्खलामा रोक लगाए पनि लामो समयसम्म यस्तो उपायलाई निरन्तरता दिन सकिदैन ।

अहिले नै आपूर्ति श्रृंखला बाधित भएर बजारमा एकाएक मालसमानको हाहाकार र कालोबजारी बढ्दै गएको प्रष्ट देखिन थालेको छ । आर्कोतिर कच्चा माल तथा मानवीय जनशक्तिको अभावका कारण उत्पादनहरु ठप्प हुँदै  गएका छन् । मनोरङ्जन, पर्यटन तथा यातायात व्यवशाय तथा पूर्ण रmपले तहसतहस नै भएका छन् । यस्तो विसमपुर्ण स्थितिबाट निकास पाउन राज्यले दिर्घकालिन उपाय खोज्नु पर्ने अति आवश्यक देखिन्छ ।’ 

कोरोना भाईरस विरुद्धको लडाईमा विभिन्न विकसित राष्ट्रहरुले विकास गरेको खोप नै नेपालको लागित समेत उत्तम एवं निर्णायक अस्त्र रहेको निजी क्षेत्रको बुझाई रहेको जनाउदै  यसको सहज पहुँच र सुविधा पाउनुपर्ने नागरिकको स्वास्थ्य सम्बन्धी हक नेपालको संविधान २०७२ को भाग ३ को मौलिक हक र कर्तव्य अन्तर्गत धारा ३५ स्वास्थ्य सम्बन्धी हकको दफा (१) र (२) (३) मा स्पष्ट व्यावस्था भए अनुसार सबै नागरिकले सहज रुपमा खोप लाउन पाउनुपर्छ भन्ने हाम्रो धारणा रहेको जनाएको छ ।

कोरोना विरुद्धको खोप सहज रुपमा उपलब्ध हुने व्यवस्था मिलाउनका लागि निजीक्षेत्रलाई खोपको आपूर्तिमा समेत सहभागिता गराउन सके हरेक नेपालीले सहज खोप पाउन सक्छ भन्ने हाम्रो बुझाई रहेको संघले जनाएको छ । प्रत्येक नागरिकलाई खोप अभियान अन्तर्गत राज्यले यथासम्भव शीघ्र गरिब विपन्न नागरिकहरुका लागि निशुल्क ब्यवस्था गरिदिने र अन्यलाई सहुलियत दरमा उपलब्ध गराउने निति कार्यन्वयनमा ल्याउनु पर्ने देखिन्छ । यस सम्बन्धमा राज्यले आप्mनो कुटनैतिक माध्यमबाट सरोकारवाला मित्र राष्ट्रहरmका साथ गम्भीर संवाद गर्नु पर्ने नेपाल उद्योग वाणिज्य संघ प्रदेश नम्बर २ को सुझाव छ ।

सम्बन्धमा सरोकारवाला वैदेशिक उत्पादक कम्पनीहरmबाट खोप किनेर लगाउन इच्छुक व्यावसायिक प्रतिष्ठानहरmको निमित्त आयातको बाटो सहज बनाइ दिन राज्यको ध्यानाकर्षण गराउदै खोप आयात तथा वितरणको व्रmममा सम्भावित भ्रष्टाचार, अनियमितता र कालाबजारलाई ध्यानमा राख्दै राज्यले एउटा प्रभावकारी अनुगमन संयन्त्र निर्माण गर्ने व्यावस्था गर्न समेत सुझाव दिएको छ । राज्यले कोराना खोप जस्तो अति संवेदनशील अभियानलाई आप्mनो प्रथामिकतामा राखेर प्रभावकारी भूमिका निर्वाह गर्न समेत निजी क्षेत्रले माग गरेको छ ।