वीरगन्ज उद्योग वाणिज्यसंघद्वारा प्रजिअ घिमिरेसँग छलफल 

वीरगन्ज उद्योग वाणिज्यसंघद्वारा प्रजिअ घिमिरेसँग छलफल 

ट्रिब्यून न्युज 

वीरगञ्ज, २५ चैत्र । वीरगञ्ज उद्योग वाणिज्य सङ्घले भर्खरै पर्सामा सरुवा भएर आउनुभएका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेसँग भेटघाट र परिचयान्तम कार्यक्रम गरेको छ । 


परिचयात्मक कार्यक्रममा वीरगन्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुबोधकुमार गुप्ताले सङ्घको ऐतिहासिक पृष्ठभूमि, यस क्षेत्रको बढ्दो आर्थिक महत्व र सम्भावनाको बारेमा जानकारी गराउदै यस क्षेत्रकामा रहेको चुनौती तथा उद्योगी व्यवसायीहरुले भोगिरहेको समस्याहरु बारे प्रकाश बताउनु भएको थियो ।

उहाँले वीरगञ्ज लगायत पर्सा–बारा क्षेत्रमा आर्थिक क्रियाकलाप बढी हुने र खुल्ला नाका भएकोले आपराधिक गतिविधि सोही अनुपातमा हुन सक्ने भएकोले सोही अनुरुपको सुरक्षा व्यवस्थाको प्रबन्धको लागि आग्रह समेत गर्नुभएको थियो । गलत र अवैध काममा निजीक्षेत्रबाट कुनै पनि सिफारिस नगर्ने बताउदै उहाँले तर  स्थानीय प्रशासन र प्रहरीको भूमिका पनि निजीक्षेत्रमैत्री बनोस् भन्ने अपेक्षा राखेको बताउनुभयो ।

त्यस्तै ७० प्रतिशत जति कार्गो यसै नाकाबाट आयात हुने गरेको र राष्ट्रिय राजस्वमा ५०–६० प्रतिशतको योगदान यस क्षेत्रको रहेकोले सोही अनुरुप यस क्षेत्रको भौतिक पूर्वाधारको विकास हुनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा प्रजिअ घिमिरेले पर्सा जिल्लावासीको शान्ति सुरक्षा तथा अमनचैन कायम राख्न तथा आपराधिक गतिविधिलाई पूर्ण रुपमा निरुत्साहित तुल्याउने तर्फ आपूmले प्रभावकारी भूमिका निर्वहन गर्ने बताउनुभयो ।

उहाँले उपभोक्ता संरक्षणको लागि बजार अनुगमन गर्दा सरोकारवाला निकायहरुको एकीकृत टिम गठन गरी अनुगमन गरिने बताउनुभयो । त्यस्तै आपूm स्वयम् पनि ९ वर्ष उद्योग मन्त्रालयमा रही कार्य सम्पादन गरेकोले उद्योग प्रतिष्ठान र निजीक्षेत्रको भूमिका राष्ट्रको आर्थिक उन्नयनमा महत्वपूर्ण रहेको बताउनुभयो । 


वीरगञ्जमा हुने ध्वनि प्रदूषण, बजार क्षेत्रमा हुने ट्राफिक व्यवस्थापन, औद्योगिक कोरिडोरमा शान्ति सुरक्षाको व्यवस्था, कोभिडको पुनरागमनको सन्त्रास रहेको हुँदा अहिलेदेखि स्वास्थ्य सुरक्षाका मापदण्ड जस्तैः मास्क र भौतिक दूरी कायम गराउन जागरुक तुल्याउनुपर्ने लगायतका सम्बन्धमा गोपाल केडिया, हरि गौतम, माधव राजपाल, गणेशप्रसाद लाठ, अशोककुमार टेमानी, अवधेश सरावगी, अनोज रुँगटा लगायतका वक्ताहरुले प्रजिअ घिमिरेलाई सुझाव दिनुभयो । 


कार्यक्रममा सङ्घका वरिष्ठ उपाध्यक्ष अनिलकुमार अग्रवालले धन्यवाद ज्ञापन गर्नु भएको कार्यक्रममा सङ्घका पदाधिकारी, कार्यसमिति सदस्यहरु, उद्योगी व्यापारीहरुको उपस्थिति रहेको थियो ।