पर्सामा कोरोना संक्रमणको ग्राफ बढ्दै : ३६ जनाको परीक्षणमा १५ जनामा संक्रमण पुष्टि 

पर्सामा कोरोना संक्रमणको ग्राफ बढ्दै : ३६ जनाको परीक्षणमा १५ जनामा संक्रमण पुष्टि 

ट्रिब्यून न्युज 
वीरगन्ज, २७ चैत । वीरगन्जमा पछिल्लो समय कोरोना संक्रमणको ग्राफ बढ्दै गएको छ । पर्सामा मात्रै संकलन गरिएको स्वाबको नारायणी अस्पतालस्थित प्रयोगशालामा गरिएको ३६ जनाको स्वाब परीक्षण मध्य १५ जनामा संक्रमण पुष्टि भएको हो ।

पर्साका १० र बाराका ५ जना गरी १५ जनामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका कोभिड कोअर्डिनेटर डाक्टर सरोजरोशन दासले जानकारी दिनुभयो । संक्राण पुष्टि हुनेहरुमा पर्साको वीरगन्ज महानगरपालिका वडा नम्बर ५ का २ जना, वडा नम्बर ४, ७, ११, १४, १५, १६, २८ का १–१ जना रहेका छन् ।

त्यस्तै बाराको जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर १ का २ जना र वडा नम्बर २, ३ र ५ का एक एकजना गरी पर्सा र बाराका १५ जना कोरोना संक्रमित भेटिएका हुन् ।