पर्साको नदिखोलाबाट अवैध उत्खनन् रोकिएन 

पर्साको नदिखोलाबाट अवैध उत्खनन् रोकिएन 
फाईल फोटो

कृष्णमोहन साह 

वीरगन्ज, २० मंसिर । पर्साको ग्रामीण क्षेत्रमा रहेका खोलाहरुबाट प्रहरी र बन कर्मचारीको मिलोमतोमा खोलाबाट अबैध रुपमा नदिजन्य पदार्थको उत्खनन भैरहेको छ । पर्सागढी नगरपालिका अन्तर्गत पर्ने सिङ्गगाही, जमुनिया खोला, जिराभवानि गाउँपालिकामा पर्ने सुगिभार र पटेर्वा सुगौली गाउँपालिकामा पर्ने गादी खोलाबाट अबैध रुपमा नदिजन्य प्रदार्थको उत्खनन तथा तस्करीमा वृद्धि भएको हो ।

स्थानीय तहले साउन १ गते देखिनै गिट्टी, बालुवा, ढुंगाको उत्खनन तथा निकासीमा रोक लगाएपछि अहिले तस्करहरुले प्रहरी र बन कर्मचारी कै मिलोमतोमा गिट्टी बालुवाको तस्करी गरि निजी कामको लागि स्थानीयलाई महङ्गो दरमा बिक्री गरिरहेका छन ।

तस्करहरुले सिङ्गगाही खोला, गादी, जमुनिया सुगिभार  खोलाबाट बनका कर्मचारी र प्रहरिको मिलोमतोमा व्यापक रुपमा खोलाहरुबाट बिहान बेलुका र राती गरि गिट्टी, बालुवा र ढुंगाको तस्करी भइरहेको स्थानीयहरुले बताएका छन् । खोला क्षेत्रमा पर्ने सब डिबिजन बन कार्यालय बडनिहार, रेन्ज पोष्ट छतिवनटाडी, मनवा रेन्जपोस्ट, सेक्टर बन कार्यालय रंगपुर, सब डिभिजन बन कार्यालय बसन्तपुर तथा बडनिहार प्रहरी चौकी, मनवा प्रहरी चौकी रङपुर प्रहरी चौकी, ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौली प्रहरी चौकी हरैया मिलेमतोमा तस्करी हुने गरेको छ ।

नदिहरुबाट बिहान बेलुका तथा राती गरि दर्जनौ टेक्टरहरु खोलामा प्रबेश गरि गिट्टी बालुवा तथा ढुंगा लोड गरि दिन दहाडै तस्करहरुले बन कार्यालय र प्रहरी चौकीको अगाडिबाट ल्याउँदा समेत उनीहरु मुखदर्शक बन्ने गरेकोले उनीहरुको पनि मिलोमतो हुनसक्ने स्थानीयले अशंका गरेका छन् । अहिले जिराभवानी गाउँपालिका, पटेर्वासुगौली गाउँपालिकामा २५ सय पर्ने गिट्टी बालुवा ४ हजारमा र ढुंगा ५ हजार पर्ने ८ हजारमा तस्करहरुसङ किनेर निजी कार्य गर्नु परिरहेको स्थानीयले बताएका छन् ।

पर्सामा जिराभवानी गाउँपालिकामा पर्ने भलुवाहि खोला र पर्सागगढी नगरपालिकामा पर्ने कर्जनिया खोला बाहेक अरु खोलाको ठेक्का नभएकोलेपनि प्रहरी र बन कर्मचारीले अवैध उत्खनन गरेर कमाई खाने भाडो बनाएको स्थानीयको भनाई छ ।