विद्यालय क्षेत्रमा देखिएको समस्या समाधान गर्न अनेरास्ववियु क्रान्तिकारीको माग 

विद्यालय क्षेत्रमा देखिएको समस्या समाधान गर्न अनेरास्ववियु क्रान्तिकारीको माग 

वीरगन्ज, २१ मंसिर । अनेरास्ववियु क्रान्तिकारीले वीरगन्ज महानगरमा रहेका विद्यालयहरुमा देखिएका विभिन्न समस्या सामधानको माग गर्दै हिजो जिल्ला प्रशासन कार्यालय पर्सामा ध्यानाकर्षण पत्र बुझाएको छ ।

प्रमुख जिल्ला अधिकारी उमेश ढकाललाइ बुझाइएको ध्यानाकर्षण पत्रमा केहि दिन देखि बन्द रहेको वीरगन्ज १ को पण्डित रामदेनी तिवारी आधारभुत विद्यालय तत्कल सुचारु गर्न, वीरगन्ज २१ को गिता गजेन्द्रराज जोशी माविमा  विधार्थीहरुको समस्या सामधान गर्न, महानगरमा रहेका सामुदायिक र नीजी विद्यालयहरुको वर्गिाकरण गर्न,

सरकारले तोके अनुसार शुल्क लागु गर्न, हरेक विधालयमा सरकारले तोकेको १० प्रतिशत पूर्ण छात्रवृतिको व्यवस्था लागु गर्न, विद्यालयमै कोभिड विरुद्धको खोप लगाउने व्यवस्था गर्न माग गरिएको छ ।

आफना मागहरु सम्बोधन नगरिए आन्दोलनमा उत्रिने चेतावनी पनि अनेरास्ववियु क्रान्तिकारीले दिएको छ । अनेरास्ववियु क्रान्तिकारीको वीरगन्ज महानगर अध्यक्ष बिबेक कुमार साहको नेतृत्वमा गएका विधार्थी नेताहरुको टोलीले प्रमुख जिल्ला अधिकारी ढकाललाइ भेटेर ध्यानाकर्षण पत्र बुझाएको हो ।

ध्यनाकर्षण बुझाउन जाने टोलीमा अनेरास्ववियु क्रान्तिकारीका जिल्ला उपाध्यक्ष सन्दिप साह, सचिव सोहेब आलम, महानगर सचिव मिरोज आलम, साद्दाम हुसैन, खालिद हुसैन लगायतका नेताहरुको सहभागीता थियो ।