पोखरा विश्वविद्यालयलाई अखिल क्रान्तिकारीको १० बुँदे मागपत्र 

पोखरा विश्वविद्यालयलाई अखिल क्रान्तिकारीको १० बुँदे मागपत्र 

वीरगन्ज, ५ माघ । अखिल नेपाल स्वतन्त्र विद्यार्थी  युनियन क्रान्तिकारी पोखरा विश्वविद्यालय राष्ट्रिय समितिले विभिन्न १० सुत्रीय माग राखेको छ । पोखरा विश्वविद्यालय र त्यसबाट सम्बन्धन प्राप्त क्याम्पसहरुमा चलिरहेको मनपरीतन्त्रको खबरदारी गर्दै  विभिन्न १० बुँदे माग पत्र दिएको हो ।

जनयुद्ध र जनआन्दोलनमा शहिद, बेपत्ता, घाईते परिवारका लागि छुट्टै  छात्रवृत्तिको व्यावस्था गरिनुपर्ने, कोभिड १९ को तेश्रो लहर ओमिक्रन भेरियण्ट संक्रमण द र विश्वभरी नै फैलिदो क्रममा रहेकोले कक्षा सञ्चालन अनलाईनको माध्यमबाट गरिनुपर्ने माग राखेका छन् ।

त्यस्तै विश्व विद्यालयको शैक्षिक क्यालेण्डर अनुसार परिक्षा संचालन गरिनुपर्ने, विश्व विद्यालयको उदै गरेको परीक्षामा पूर्ण स्वास्थ्य मापदण्डको पालना गरिनुपर्ने, पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेजहरुको भौतिक पूर्वाधार सम्पन्न हुनुपर्ने तथा वृद्धि गरिएको शुल्क  तुरुन्त फिर्ता गर्नुपर्ने माग गरिएको अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) पोखरा विश्वविद्यालय राष्ट्रिय समितिका उपाध्यक्ष सपिम पोखरेलले जानकारी दिनुभयो ।

विद्यार्थीहरुले राखेका माग सम्बोधन नभए अझ सशक्त आन्दोलन गर्ने पनि उहाँले बताउनुभयो । पोखरा विश्वविद्यालय राष्ट्रिय समितिका अध्यक्ष जीवन खड्का र प्रमुख सचिव अर्जुन कुँवरले हस्ताक्षर गरेको १० बुँदे माग सहितको पत्र विश्वविद्यालयलाई बुझाईएको पनि पाखरेलले बताउनुभयो ।