वीरगन्ज कलेजका कक्षा १२ का विद्यार्थीहरुको बिदाई
वीरगन्ज, २ जेठ । वीरगन्ज कलेजका कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरुलाई सोमबार (आज) बिदाई गरिएको छ । कलेजले रोयल पार्टी प्यालेसमा बिदाई समरोहको आयोजना गरेर विद्यार्थीहरुलाई बिदाई गरेको हो ।
कलेज सञ्चालक समितिका अध्यक्ष डाक्टर दीपेन्द्र कुमार चौधरीको अध्यक्षतामा भएको बिदाई समरोहको प्रमुख अतिथि वीरगन्ज महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखा प्रमुख अरविन्दलाल कर्णले उदघाटन गर्नुभएको थियो ।
उहाँले ज्ञान जति बढी लिन सक्यो त्यति नै व्यत्तित्वको क्षमताको पनि विकास हुने भएकोले विद्यार्थीहरुले आफूले सिकेका ज्ञान र सीप देश र समाजको लागि लगाउन आवश्यक रहेकोमा जोड दिनुभयो ।
कक्षा १२ मा अध्ययन गर्ने विद्यार्थीहरु युवा उमेर समूहको हुने भएकोले जीवन जिउन सक्ने क्षमताको विकास गर्ने समय पनि यहि रहेको बताउनुभयो ।
कार्यक्रममा विशिष्ट अतिथि संस्थागत विद्यालयहरुको संगठन प्याब्सनका केन्द्रीय सदस्य छेडुप लामा, प्रदेश सदस्य इमामुद्दीन अहमद, कलेजका प्रमुख विनोद गुप्ता, नेपाल पत्रकार महासंघ पर्साका उपाध्यक्ष युवराज खड्का,
शिक्षक दिनेश चौरसिया, मार्टिन मोक्तान, प्रेम श्रेष्ठ, सञ्चारकर्मी उज्जवल घिमिरे, मनोज पटेल, नीरज पिठाकोटे लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा कलेजमा विभिन्न संकायबाट पहिलो, दोश्रो र तेश्रो भएका विद्यार्थीहरुलाई नगद ५ हजार, ३ हजार र २ हजार रुपैंया वितरण गरिएको थियो । कार्यक्रममा स्वागत मन्तव्य कलेजका प्रशासन प्रमुख सुरेश चौधरीले गर्नुभएको थियो ।