वीरगन्जमा पनि २५६६ औं बुद्धजयन्ती मनाईदै, मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत सहभागी

वीरगन्ज, २ जेठ । शान्तिका दूत गौतम बुद्धको २५६६ औं जन्म जयन्ती वीरगन्जमा पनि भव्य रुपमा मनाईदै छ । वीरगन्ज बौद्ध समितिको आयोजनामा २५६६ औं बुद्धजयन्ती भव्य रुपमा मनाइदै छ ।

बुद्ध जयन्तीको अवसरमा आज बिहानै वीरगन्जको वीर्तामा स्थापना गरिएको शंखधर शाख्वाँ को शालिकबाट शुरु भएको शान्ति पदयत्रा अलखिया मठ, माईस्थान, घण्टाघर, बसपार्क हुदै भिस्वा स्तुपामा पुगेर औपचारिक कार्यक्रमको आयोजना गरिएको छ ।

पञ्चेबाजा र विभिन्न भेषभूषा तथा झाँकी सहित निकालिएको शान्ति पदयात्रामा मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत, संघीय संसद प्रदीप यादव, वीरगन्ज महानगरपालिकाका निवर्तमान नगर प्रमुख विजय कुमार सरावगी जसपाका नेता एवं वीरगन्ज महानगरपालिकाका मेयरका उम्मेदवार राजेशमान सिंह,

वीरगन्ज पब्लिक कलेजका कार्यकारी निर्देशक प्राध्यापक डाक्टर दीपक शाक्य, सामाजिक अभियन्ता दिलिपराज कार्की, महेश सिंह धामी, एनप्याब्सनका पर्सा अध्यक्ष रामराज श्रेष्ठ, लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधि र विद्यालयका विद्यार्थीहरु तथा खेलाडीहरुको पनि सहभागिता रहेको थियो । बुद्धजयन्तीको अवसरमा आजै साँझ भिस्वा स्तुपामा दीप प्रज्जवलन गर्ने कार्यक्रम पनि रहेको वीरगन्ज बौद्ध समितिका प्रा.डा.शाक्यले बताउनुभयो ।