पर्साका नेवार समुदायले  नेपाल सम्वत ११४२ मनाए

पर्साका नेवार समुदायले   नेपाल सम्वत ११४२ मनाए

वीरगन्ज, १९ कार्तिक । वीरगन्जका नेवार समुदायले आज वीरगन्जमा भिन्तुना ¥याली निकालेका छन् । नेवार समुदायको नयाँ बर्ष नेवा संवत् ११४२ को अवसरमा वीरगन्जको अलखिया मठबाट निस्किएको र्यालीले नगर पक्रिममा गरेको थियो ।

भिन्तुना र्यालीमा वीरगन्जका नेवार समुदायको उलेख्य सहभागिता रहेको थियो । नयाँ बर्षलाई धुमधामका साथ मनाउने उद्देश्यले र्यालीको आयोजना गरिएको नेवाः महासंघ पर्साका सल्लाहकार डाक्टर. दीपक शाक्यले जानकारी दिनुभयो ।

यस्तै पर्साको ठोरी गाउँपालिकामा पनि आज नेपाल सम्वत न्हु दया भिन्तुना अर्थात नयाँ बर्षको अवसरमा शुभकामना आदान प्रदान तथा ¥यालीको आयोजना गरिएको छ । नेवा खलः ठोरीको आयोजनामा निकालिएको र्‍यली,  विजयवस्ती चोक बजारबाट विशाल चोक, आठघरे, विशाल नगर हुदै गौतमनगरमा पुगेर सभामा परिणत भएको थियो ।

गौतमनगरमा पुगेपछि ब्रह्मकुमारी राजयोग सेवा केन्द्रकी बहिनीहरुले रयालीमा सहभागीहरुलाइ टिका लगाइदिनु भएको थियो । नेवा खलः ठोरीका अध्यक्ष राम बहादुर श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेसका महासमिति सदस्य वृहस्पतिकृष्ण श्रेष्ठ, जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य अन्जन शाक्य,

ठोरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णलाल श्रेष्ठ, पूर्व गाविस अध्यक्ष लालबहादुर श्रेष्ठ, माओवादी केन्द्रका स्थानीय नेताहरु अम्बर निर्दोष, राम श्रेष्ठ र रोशन सुनुवारले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।

सभा समापन पछि ठोरीको पर्यटकीय क्षेत्र राईधारमा पुगेर सहभोजको पनि आयोजना गरिएको नेकपा माओवादी केन्द्रका नेता अम्बर निर्दोषले जानकारी दिनुभयो । २०६८ सालको जनगणना अनुसार पर्सामा नौ हजार नौ सय २२ जनसंख्या नेवारको रहेको छ ।

यसमध्य ४ हजार ९ सय ३० जना पुरुष र ४ हजार ९ सय ९० जना महिला रहेका छन् । आफ्नै भाषा, भेषभूषा र संस्कृति भएको जाति मध्यको एक नेवार समुदाय पनि हो ।