मिस नेपाल, २०२३ को आज नाम दर्ता र अभिमूखिकरण हुने 

मिस नेपाल, २०२३ को आज नाम दर्ता र अभिमूखिकरण हुने 

वीरगन्ज, ४ फागुन । मिस नेपाल २०२३ को प्रतियोगीताको बिहीबार नाम दर्ता र अभिमूखिकरण हुदैछ । सातवटै प्रदेशमा अडिसन गर्ने क्रममा वीरगंज आईपुगेको आयोजक द हिडेन ट्रेजरले वीरगंज स्थित होटेल भिस्वामा बिहीबार प्रतियोगितामा भाग लिन चाहनेहरुको लागि  नाम दर्ता र अभिमूखिकरण हुने जनाएको हो ।

द हिडन ट्रियजरले मिस नेपाल ०२३ को आवेदन यहि चैत्र १ (मार्च १५) सम्म खुला रहने जनाएको छ । आवेदनका लागि १८ देखि २७ वर्षका अविवाहित महिला हुनुपर्ने, महिलाको न्यूनतम ५ फिट ३ इन्च उचाइ, नेपाली नागरिकता सहित नेपाली पासपोर्ट भएका युवतीले आवेदन दिन सक्ने द हिडेन ट्रियजरका प्रमोद कंसाकारले बताउनुभयो । आवेदन फारम निशुल्क रहेको उहाँको भनाई छ ।

प्रतियाोगिताबाट तीन मुख्य विजेताहरू मिस नेपाल वर्ल्ड, मिस नेपाल अर्थ र मिस नेपाल इन्टरनेशनल रहने उहाँले बताउनुभयो । काठमाडौं, इटहरी, वीरगन्ज, पोखरा, नेपालगन्ज, सुर्खेत र धनगढी लगायत क्षेत्रिय अडिसनहरु मार्च १५ भित्र सम्पन्न गरिने बताउनुभयो । प्रतियोगीलाई उत्कृष्ट प्रशिक्षकहरूले दुई महिना तालिम सञ्चालन गरिने अध्यक्ष कंंसाकारको भनाई छ ।