निर्माण व्यावसायी संघ पर्साको अध्यक्षमा सुरेश पटेल विजयी 

निर्माण व्यावसायी संघ पर्साको अध्यक्षमा सुरेश पटेल विजयी 

वीरगन्ज । नेपाल निर्माण व्यवासायी संघ पर्साको अध्यक्षमा सुरेश पटेल निर्वाचित हुनुभएको छ । शनिबार संघको भवनमा सम्पन्न निर्वाचनमा पटेल २८५ मत ल्याएर विजयी हुनुभएको हो । अध्यक्षका अर्का उम्मेदवार दिवाकर प्रसादको ५८ मत मात्रै आएको छ ।

त्यस्तै प्रथम उपाध्यक्षमा ज्ञानेन्द मिश्र २८५ मत ल्याएर विजयी हुनुभएको छ । उहाँका पतिद्वन्दी हिरालाल प्रसाद कुर्मीले १०३ मत ल्याउनु भएको छ । त्यस्तै द्वितीय उपाध्यक्षमा अच्छेलाल प्रसाद चौरसिया २२९ मत ल्याएर निर्वाचित हुनुभएको छ । उहाँको प्रतिस्पर्धी लालबाबु प्रसाद कुर्मीले जम्मा १०० मत पाउनु भएको छ ।

सचिवमा १५८ मत ल्याएर सन्नी यादव निर्वाचित हुनुभएको छ । अर्का सचिवका उम्मेदवार मूकेश कुमार कुर्मीले १२३ मत पाउनुभएको छ । सहसचिवमा संजय कुमार कुर्मी १४२ मत ल्याएर निर्वाचित हुनुभएको छ । त्यसैगरी कोषाध्यक्षमा राजेश्वर प्रसाद रौनियार २०१ मत ल्याएर निर्वाचित हुनुभएको छ । सहकोषाध्यक्षमा सद्दाम हुसैन २०१ मतले निर्वाचित हुनुभएको छ ।

संघको कार्यसमिति सदस्यहरुमा अमोद कुमार पटेल, पुरुषोत्तम प्रसाद पटेल, विकास कुमार साह, विरेन्द्र प्रसाद कुर्मी, मनोज कुमार साह, ब्रजेश कुमार यादव, पारस ठाकुर (हजाम), दिपेन्द्र प्रसाद साह सोनार र सतिश कुमार चौरसिया निर्वाचित हुनुभएको छ ।