‘बी नेच्युरल’आईक्रिमको आउटेलेट रुंगटा मार्केटमा 

‘बी नेच्युरल’आईक्रिमको आउटेलेट रुंगटा मार्केटमा 

बीरगंज ६ फागुन । आईसक्रिम पारखीहरुको लागि वीरगन्जको आदर्शनगरमा आउटलेट खुलेको छ । बीरगंजको गढीमाई डेरीको उत्पादन बी नेचुरल ब्राण्डको आईस क्रिमको आदर्शनगर स्थित रुंगटा मलमा आउटलेट खुलेको हो ।

आउटलेटको नेपाल उद्योग वाणिज्य महासंघ मधेस प्रदेशका अध्यग उद्योगी गणेश लाठले गर्नुभएको थियो । गढीमाई डेरी उद्योगबाट उत्पादित  उत्कृष्ट आईस क्रिम नेपालका तारे होटलमा बिक्री बितरण गरीदै आएकोमा सर्वसाधारण ग्राहकहरुको लागि पनि वीरगन्जको आदर्शनगरमा खोलेको डेरी उद्योगका प्रमुख रबिन्द्र सिहंले जानकारी गराउनु भयो ।

आज उदघाटन गरिएको आईस क्रिमको शोरूममा विक्री वितरणका लागि भोलीबाट संचालनमा ल्याईने  डेरी उद्योगका अभिषेक कुशवाहाले बताउनुभयो। उत्कृष्ट आईस क्रिमको शोरूम बिहान ११ बजे देखि राती ९ः३० बजेसम्म संचालन कुशवाहाले बताउनुभयो ।

भोलीबाट संचालनमा ल्याईने उत्कृष्ट आईस क्रिम रुममा ४० रुपैंयादेखि  ३ सय रुपैयाँसम्मको आईस क्रिम पाईनुको साथै फेमिली पैक आईस क्रिम १ सय ५० देखि  ३ सय सम्मको ल्याउने उधोगका प्रमुख सिहंले जानकारी गराउनु भयो ।