तस्करको अनेक जुक्ति सशस्त्रका डिआईजी ठाडा मगरले पारे असफल 

तस्करको अनेक जुक्ति सशस्त्रका डिआईजी ठाडा मगरले पारे असफल 

वीरगन्ज, ७ फागुन । तस्कहरुले राजस्व छलि तथा अवैध सामानहरु ओसार पसार गर्नका लागि अनेक उपायहरु लगाउने गरेका छन् । शनिबार एउटा मिनी ट्रकमा चिनीको बोरा, पानीको जार तथा रेडबुल सहितको सामान लोड भएको सशस्त्र प्रहरीले सूचना पायो ।

त्यसपछि सशस्त्र प्रहरी नम्बर २ बाहिनी मुख्यालय छिन्नमस्ता बर्दिवास महोत्तरीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक गणेश ठाडा मगरले तुरुन्तै स्क्वाड टोलीलाई मुभ गराउनुभयो । तत्काल मुभ भएको स्क्वाड टोलीले सर्लाहीबाट राजस्व छलिको सामान बरामद गरेको छ ।

राजस्व छलिको सामान ओसार पसार गरेको सूचनाको आधारमा सशस्त्र प्रहरी सहायक निरीक्षक रामएकवाल रायको नेतृत्वमा खटिएको स्क्वाड टोलीले सर्लाहीबाट राजस्व छलिको सामान बरामद गरेको हो ।

सर्लाहीको कविलासी वडा नम्बर ८ गौरमा मलंगवातर्फ आईरहेको बा ३ च ७३३६ नम्बरको मिनीट्रक चेकजाँच गर्ने क्रममा माथि खानेपानीको कार्टुनको जार राखिएको र तल लुकाई ल्याएको १७ बोरा चिनी, रेडबुल निलो रंगको ८ कार्टुन्, रेडबुल रातो रंगको ४ कार्टुन, ललीपप ५ बोरा अवैध रुपमा फेला परेको सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी बार्दिवास महोत्तरीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक गणेश ठाडा मगरले जानकारी दिनुभयो ।

सशस्त्र प्रहरीले अवैध सामान ओसार पसारमा कडाई गर्न थालेपछि तस्करहरुले तस्करीका लागि अनेक जुक्ति लगाएपनि सशस्त्र प्रहरी नायव महानिरीक्षक ठाडा मगरको सूचना सञ्जालले तस्करहरुको जुक्तिलाई असफल बनाई दिने गरेको छ ।

गाडीमा लोड रहेको सामानको मूल्य अन्दाजी १६ लाख २१ हजार ७८० रुपैंया कायम गरि भन्सार दाखिला गरिएको र चेकजाँचका क्रममा फरार रहेका चालकको पनि खोजी भईरहेको बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक ठाडा मगरले जानकारी दिनुभयो ।