नेपालमा गर्भपतनले महिलाहरुको स्वास्थ्यमा जोखिम, गर्भवती महिला मध्य दुई तिहाईले गर्छन् गर्भपतन
नेपालमा बार्षिक १२ लाख महिलाहरु गर्भवती हुने र त्यसमध्य ४५ प्रतिशत अर्थात ५ लाख ३९ हजार अनिश्चित गर्भ हुने गरेको छ । यसमध्य पनि दुईतिहाई अर्थात ३ लाख ५१ हजार गर्भपत हुने गरेको छ । यसले गर्भपतन गर्ने महिलाहरुको स्वास्थ्यमा जोखिम हुने गरेको हो । सात प्रतिशत मातृशिशु असुरक्षित गर्भपतनका कारणले मृत्यु हुने गरेको छ ।
वीरगन्ज, ३१ असार । नेपालमा गर्भपतनका कारण महिलाहरुको स्वास्थ्यमा जोखिममा पर्ने गरेको तथ्यांकले देखाएको छ । सुरक्षित गर्भपतनका सम्बन्धमा स्वास्थ्य पत्रकार समूहले वीरगन्जमा आईतबार आयोजना गरेको सञ्चारकर्मीहरुका लागि अभिमुखीकरण कार्यक्रममा प्रस्तुत गरिएको तथ्यांकले महिलाहरुको स्वास्थ्य जोखिम देखाएको हो ।
गर्भपतनको नेपालको अवस्थाको बारेमा प्रस्तुत गरेको तथ्यांकअनुसार अन्य प्रदेशको तुलनामा मधेश प्रदेशमा असुरक्षित गर्भपतन गराउनेको संख्या बढी भएको जानकारी गराईएको छ । मधेस प्रदेश सँगै देशका अन्य जिल्लाहरुमा हुने गरेको अबैध गर्भपतन औषधिको सेवनले महिलाको स्वास्थ्यमा बिभिन्न किसिमका समस्याहरु आउने गरेको कार्यक्रममा चिकित्सक शयाम लम्सालको भनाई थियो ।
सुरक्षित गर्भपतनको बारेमा जानकारी नहुँदा र अनाधिकृत औषधिहरुको सेवनबाट गर्भपन गराउँदा महिलाहरुको स्वास्थ्यमा जोखिम बढेको भन्दै यसको न्यूनीकरणका लागि सञ्चारकर्मीहरुको भूमिका महत्वपूर्ण रहने भएकोले सञ्चारकर्मीहरुलाई अभिमूखिकरण गरिएको आयोजकको भनाई छ ।
नेपाल पत्रकार महासँघ पर्साका सभाहलमा आयोजित कार्यक्रममा पत्रकारमार्फत जनतालाई सुरक्षित गर्भपतनका सम्बन्धतामा सचेतना फैलाउने अभिप्रायका साथ अभिमुखीकरण गरिएको स्वास्थ्य लाइभका प्रबन्ध निर्देशक अर्जुन अधिकारीले बताउनुभयो । उहाँले संविधानले स्वास्थ्यमा महिलाको मौलिक हकमा समावेश गरेको र मुलुकी ऐनसित स्वास्ग्य ऐन बाँझिएकाले पनि सुरक्षित गर्भपतनमा केही कानूनी जटिलताहरु आएको बताउनुभयो ।
सरकारले मान्यता दिएको दस प्रकारको औषधिले नै सुरक्षित गर्भपतन गराउनुपर्ने भएपनि खुल्ला सिमानाका कारण पर्सा जिल्लासँगै मधेस प्रदेशमै भारतबाट अबैध रुपमा मान्यता नदिइएको गर्भपतनको औषधी लुकिछिपी ल्याएर प्रयोग गर्ने प्रबृति रहेको औषधि ब्यावस्था कार्यालय वीरगञ्जका प्रमुख किरण बज्राचार्यले जानकारी दिनुभयो ।
त्यसलाई रोक्नको लागि सिमानाकामा प्रहरी प्रशासनसँग समन्वय गर्ने, अनुगमन गर्ने कार्यहरु गर्ने गरिएको प्रमुख बज्राचार्यले बताउनुभयो । उहाँले आवश्यक्ताअनुसार सम्बन्धीत निकायलाई अनुरोध गर्ने र आवश्यक सहकार्य तथा समन्वय गर्ने पनि बताउनुभयो ।
जिल्ला स्वास्थ्य कार्यालय पर्साका प्रमुख नवलकिशोर साहले सरकारले सुरक्षित गर्भपतनका लागि सेवा केन्द्रहरु तोकिदिएको र तोकिएको स्थानमा सुरक्षित गर्भपतन सेवा लिनका लागि समन्व्य गर्ने गरिएको बताउदै अब स्थानीय तह मातहतमा गएको हुँदा कार्यालयको अधिकार क्षेत्र भित्र नपर्ने बताउनुभयो ।
प्रस्तुत तथ्यांक अनुसार नेपालमा बार्षिक १२ लाख महिलाहरु गर्भवती हुने र त्यसमध्य ४५ प्रतिशत अर्थात ५ लाख ३९ हजार अनिश्चित गर्भ हुने गरेको छ । यसमध्य पनि दुईतिहाई अर्थात ३ लाख ५१ हजार गर्भपत हुने गरेको छ । यसले गर्भपतन गर्ने महिलाहरुको स्वास्थ्यमा जोखिम हुने गरेको हो । सात प्रतिशत मातृशिशु असुरक्षित गर्भपतनका कारणले मृत्यु हुने गरेको छ ।