आँखाको ज्योति दिलाउन सक्रिय महानगर प्रमुख सरावगी
वीरगन्ज, २२ पुस । अत्यधिक चिसोबाट प्रभावित ज्येष्ठ नागरिकहरुलाई कम्बल लगायतका सामग्री वितरणलाई निरन्तरता दिनुभएका महानगर प्रमुख विजय कुमार सरावगीले आँखाको ज्योति गुमाउनेहरुलाई पनि आँखाको ज्योति दिलाउनमा सक्रिय रहनुभएको छ ।
वीरगंज माहानगरपालिका र माट्रिका आइ फाउण्डेशनको संयुक्त आयोजनामा गत १८ गते वडा नम्बर २९ बस्डिल्वामा भएको आँखा शिविरमा परीक्षणका क्रममा पहिचान गरिएका मोतियाबिन्दुका बिरामीहरुको हिजो आँखाको निःशुल्क शल्यक्रिया गरिएको छ ।
मोतियाविन्दुको शल्यक्रिया गरिएका ती सबै बिरामीहरुको आँखाको दृष्टिको बारेमा आज महानगर प्रमुख सरावगीले जानकारी लिनुभएको छ ।
महानगर प्रमुख सरावगीले आपूmले पाउने सेवा सुविधाबाट स्थापना गरिएको मेयर कल्याणकारी कोषबाट महानगरपालिकाका २ हजार ५ सय आँखाका बिरामीहरुलाई निःशुल्क उपचार गर्ने लक्ष्यका साथ आँखाका शिविरको आयोजना गर्दै शिविरमा परीक्षणका
क्रममा फेला गरेका मोतियाविन्दुका विरामीहरुको निःशुल्क आँखाको शल्यक्रिया गरिएको नगर प्रमुखको सचिवालयले जनाएको छ ।