प्रदेश स्तरीय दृष्टिविहिन क्रिकेटको उपाधि मधेसले जित्यो  

प्रदेश स्तरीय दृष्टिविहिन क्रिकेटको उपाधि मधेसले जित्यो  

वीरगन्ज, २८ माघ । प्रदेश स्तरीय दृष्टिविहीन क्रिकेट प्रतियोगिताको उपाधि मधेश प्रदेशले जितेको छ । गोरखालाई नौ विकेटले पराजित गर्दै मधेश प्रदेशले उपाधि जितेको हो । नारायणी क्रिकेट रंगाशाालामा आज भएको अन्तिम खेलमा टस जितेर मधेस प्रदेशले गोरखालाई व्याटिङको निम्तो दिएको थियो ।

व्याटिङको निम्तो पाएको गोरखाले १८.३ ओभरमा ७७ रन जोड्दै अलआउट भयो । ७८ रनको लक्ष्य सहित जवाफी व्याटिङ गरेको मधेश प्रदेशले ९ ओभर मै विकेटको क्षतिमा लक्ष्य पुरा ग¥यो । खेलमा उजेली चौधरी म्यान अफ दि म्याच घोषित हुनुभएको थियो । त्यस्तै मधेश प्रदेशका नविन तामाङ म्यान अफ दि सिरिज घोषित हुनुभएको कार्यक्रम संयोजक महेश साहले जानकारी दिनुभयो ।

प्रतियोगिताको विजेता टोलीले नगद २० हजार र उपविजेताले १० हजार रुपैयाँ नगद प्राप्त गरेका छन् । नेपाल नेत्रहीन क्रिकेट संघ र मधेस प्रदेश नेत्रहीन क्रिकेट संघको संयुक्त आयोजना र वीरगञ्ज महानगरपालिका एवम् आइजको सहयोगमा प्रतियोगिता सम्पन्न भएको हो । प्रतियोगितामा सातै वटै प्रदेशका खेलाडीहरु सहभागि थिए ।