‘निप्स’ द्वारा शुभकामना आदान प्रदान सम्पन्न, सहकारीसँग सहकार्य गर्न नगर प्रमुख सिंहको आग्रह

‘निप्स’ द्वारा शुभकामना आदान प्रदान सम्पन्न, सहकारीसँग सहकार्य गर्न नगर प्रमुख सिंहको आग्रह

वीरगन्ज, २ कार्तिक । वीमा कम्पनीमा काम गर्नेहरुको छाता संगठन नेपाल इन्स्योरेन्स प्रोफेसनल सोसाईटी (निप्स) दशै, तिहार र छठ पर्वको शुभकामना आदान कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रका प्रमुख अतिथि बीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले निर्जिवन बिमा कम्पनीहरुले सहकारीसंग सहकार्य गरेर बिमाको सेवा उपलब्ध गराउनु पर्ने सुझाव दिनुभएको छ ।

नीर्जिवन बिमा कम्पनीमा कार्यरत कर्मचारीहरुको हितका निम्ति बनेको संगठन निप्सको हिजो बीरगंजको होटेल मकालुमा आयोजीत पद हस्तान्तरण समारोहलाई सम्बोधन गर्दै प्रमुख सिंहले बिमा गर्दा घर घरै जाने तर बिमा रकम दिनु पर्दा बिभिन्न बाहना गर्ने कम्पनीहरुको प्रवृत्तिमा पनि सुधार ल्याउनु पर्नेमा जोड दिनुभयो ।

उहाँले बिमा गर्दा गरिएको प्रतिवद्धता बिमा दावी गर्दा सहज रुपमा उपलब्ध गराउनु पर्ने बताउनुभयो । कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य के.सी.लामिछानेले पेशागत सुरक्षा र शुद्धतामा संगठनले राम्रो र प्रभावकारी भूमिका निर्वाह गर्नु पर्नेमा जोड दिनुभयो ।

उहाँले संगठनको माध्यमले बिमा संसकृतिको बिकासमा योगदान पु¥याउन समेत सुझाव दिनुभयो । प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य निरज पिठाकोटेले प्रतिस्पर्धी बजारमा वीमा कम्पनीका कर्मचारीहरुको एकताले वीमा क्षेत्रमा देखिएका अस्वस्थ प्रतिस्पर्धालाई निरुत्साहित गर्ने बताउनुभयो ।

कार्यक्रममा सर्भेयर सुनील जोशीले व्यावसायिक हितका लागि इन्स्योरेन्स कम्पनीहरु संगठिन हुनु राम्रो भएको बताउनुभयो । बद्री बहादुर अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा निप्सका नयाँ अध्यक्ष धिरज शर्मालाई अध्यक्षको पद अधिकारीले हस्तान्तरण गर्नुभएको थियो ।

निप्सको अन्य पदाधिकारी र सदस्यको पछि मनोनयन गरिने निको यन्सुरेन्स बीरगंजका प्रवन्धक बिक्रम आलेले जानकारी दिनुभयो । कार्यक्रममा बिमा प्राधिकारण बीरगंजका प्रतिनिधि, सर्भेयर एशोसिएशनका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो । शशि श्रेष्ठले स्वागत गर्नुभएको कार्यक्रमको संचालन निशान्त लामिछानेले गर्नुभएको थियो ।