इन्स्योरेन्स क्लब अफ बिरगंजले गर्‍यो चारजनालाई सम्मान

इन्स्योरेन्स क्लब अफ बिरगंजले गर्‍यो चारजनालाई सम्मान

वीरगन्ज, २५ असोज । इन्स्योरेन्स क्लब अफ बिरगंजको आयोजनामा आईतबार शुभकामना आदान प्रदान तथा सम्मान कार्यक्रम सम्पनन भएको छ । वीरगंजका निर्जीवन बीमा कम्पनीमा कार्यरत कर्मचारीहरुको सहभागीतामा भेटघाट, शुभकामना आदान प्रदान तथा सम्मान कार्यक्रम सम्पन्न भएको हो ।

होटल दियालो लर्डसमा सम्पन्न कार्यक्रममा बीमा कम्पनीमा लामो समय सम्म योगदान दिएका ४ जनालाइ सम्मान समेत गरिएको छ । सम्मानित हुनेमा प्रुडेन्सियल इन्स्योरेन्सका नायव महानप्रवन्धक अमर गौतम, एन. एल. जी. इन्स्योरेन्सका प्रमुख शैलेश राज रेग्मी, लुम्बिनी इन्स्योरेन्सका प्रमुख निशान्त लावमिछाने र युनाइटेड इन्स्योरेन्सका प्रमुख धिरज शर्मा रहेका छन् । क्लबका अध्यक्ष एवं सिद्धार्थ इन्स्योरेन्सका प्रमुख बद्री अधिकारीको अध्यक्षतामा कार्यक्रम भएको हो ।

कार्यक्रममा वरिष्ठ उपाध्यक्ष प्रिमियर इन्स्योरेन्सका शशि बिचित्र, सचिव नेको इन्स्योरेन्सका बिक्रम आले लगायत सदस्यहरु शिखर इन्स्योरेन्सका रान अवतार चौधरी, अजोड इन्स्योरेन्सका हुलास यादव, एभरेष्ट इन्स्योरेन्सका मन्दिप प्रधान, सगरमाथा इन्स्योरेन्सका संदिप सिह ठकुरी, सानिमा इन्स्योरेन्सका राहुल सिंह, जीआइसी इन्स्योरेन्सका धनञ्जय थोकर, प्रभु इन्स्योरेन्सका सञ्जय गिरी लगायतका उपस्थिति रहेको थियो ।

वीमा कम्पनीहरुका कर्मचारीहरुबीच सदभाव कायम राख्न विजया दशमीको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरिएको वरिष्ठ उपाध्यक्ष शशि बिचित्रले जानकारी गराउनु भयो । आगामी दिनमा पनि क्लबले बीमा कर्मचारीहरुको हक, हित र अधिकारको निम्ति लागि वातावरण निर्माण गर्ने र यस क्षेत्रमा रहेको बिकृती र असमानताको लागि पहल गर्ने सहभागीहरुले बताएको छन् ।