सालीको विवाहमा १० लाखको जीवनविमा उपहार
इलाम । विवाह ब्रतबन्ध, जन्मदिन लगायतका शुभ कार्यमा आफन्तलाई उपहार दिइने चलन वर्षौंदेखि चल्दै आएको छ । समय अनुसार उपहार पनि परिवर्तन हुँदै गएको छ । पहिला विभिन्न कारण दैनिक घरमा आवश्यक सामग्री उपहार दिइन्थ्यो । क्रमश बिलासीका वस्तुसमेत उपहार दिइने चलन चल्दै हाल जिवनकै अमुल्य उपहारका रुपमा बिमा पोलिसी दिइने चलन बढ्दै गएको छ ।
महालक्ष्मी लाइफ इन्स्योरेन्स बिर्तामोड शाखाका वरिष्ठ एजेन्सी मेनेजर ज्ञानबहादुर कुँवरले भर्खरै आफ्नी सालीलाई १० लाखको बिमा पोलिसी उपहार दिएका छन् । झापा बिर्तामोड निवासी कुँवरले साली रुपा सुवेदीलाई बचत र सुरक्षाका लागि महत्वपूर्ण भएकाले बिमा पोलिसी हस्तान्तरण गरेको बताए । उहाँले भन्नुभया, “गाग्री र परम्परागत उपहार भन्दा पनि वर्षौंसम्म उपयोग र सम्झना होस् भनेर पोलिसी दिएको हुँ ।”
पछिल्लो समय विवाह व्रतवन्ध, पास्नी, वैवाहिक वर्षगाँठको अवसरमा दिइने उपहारको प्रकार परिवर्तन भएसँगै आफूले पनि सो उपहार दिएको उहाँले बताउनुभयो । “आजभोली ओइलाएर जाने फूलको बुके होइन जीवन नै हराबरा बनाउने बिमा पोलिसी उपहार दिनु आवश्यक छ” कुँवरले भन्नुभयो । यो नौलो र उपहार भएपनि पछिल्लो समय यस्तो क्रम बढ्दै गएको महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीका क्षेत्रीय उपप्रबन्धक गुञ्जन थापाले बताउनुभयो ।
कुँवरद्वारा उपहार स्वरुप महालक्ष्मी सावधिक बिमा पोलिसी बापत १० लाख रुपैयाँ बराबरको पोलिसी उपहार दिएको कम्पनीले जनाएको छ । जसरी विवाहलाई जिवनको एउटा कर्म मानिन्छ उसैगरी बिमालाई समेत बुझ्नु पर्ने मान्यता स्वरुप सो पोलिसी हस्तान्तरण गरिएको वरिष्ठ एजेन्सी मेनेजर कुँवर बताउँन्ह्न्छ। जिवनका यस्ता महत्वपूर्ण शुभ कार्यमा जिवन बिमा नै एक सहि उपहार साबित होस् भनेर अभियान नै सञ्चालन हुनु पर्ने उहाँको भनाइ छ ।
कारोबार अनलाईनबाट ............