प्रेस सेन्टर बाराको शुभकामना अदानप्रदान सम्पन्न, अशेष ढुंगाना सहित १५ जना सेण्टरमा आवद्ध
जीतपुर ३० असोज । प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति बाराको शुभकामना अदानप्रदान तथा जिल्ला भेला कोल्हबीमा सम्पन्न भएको छ । जिल्ला भेला कार्यक्रमको उद्घाटन नेकपा (माओवादी केन्द्र) का स्थायी कमिटी सदस्य तथा तीन महिने माओवादी रुपान्तरण अभियानका बारा जिल्ला संयोजक प्रल्हाद बुढाथोकीले गनुभएको थियो ।
उहाँले प्रेस सेन्टर नेपाल पत्रकारहरुको एक गौरबशाली सङ्गठन भएकाले यसमा आबद्ध पत्रकारहरुको कलम समाजको उत्पीडनमा परेकाहरुको पक्षमा र बिकृति, बिसङ्गती तथा भ्रष्टचार बिरुद्ध चल्नुपर्नेमा जोड दिनुभयो । सरकारको नेतृत्व माओवादी केन्द्रले गरिरहे तापनि अहिले चौतर्फी घेराबन्दीमा पार्ने षड्यन्त्र भईरहेको र जनताहरुको अवस्थामा सुधार हुन नसकेका कारण त्यसका बिरुद्धमा पनि कलम चलाउँनुपर्ने सुझाव दिनुभयो ।
स्थानीय तह लगायत सरकारी कार्यालयहरुमा मौलाएको भ्रष्टाचार विरुद्ध कलम चलाउन आग्रह गर्नुभयो । त्यस्तै प्रेस सेन्टर नेपालका केन्द्रिय उपाध्यक्ष तथा पार्टीका मधेश प्रदेश प्रचार तथा प्रकाशन बिभागका संयोजक गोबिन्द देवकोटाले प्रेस सेन्टर नेपालले राष्ट्र,राष्ट्रियता र जनजिबिकाको पक्षमा कलम चलाउँदै आईरहेको बताउँदैँ आम श्रमजीबी पत्रकार तथा मिडिया बारे सङ्गठनले उठाएका मुद्दाहरु सम्बोधन गराउँन सरकारलाई दबाब दिईरहेको बताउनुभयो ।
माओवादी केन्द्रका बैकल्पिक केन्द्रीय सदस्य तथा जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेलले सत्य, स्वतन्त्र र निष्पक्ष पत्रकारिताको पक्षमा आफु सधै रहेको बताउनु भएको थियो । उहाँले पत्रकार समाजको ऐना भएका कारण कलमहरु आम जनताको बोली र भावना लेख्नुपर्ने धारणा राख्नुभयो । पार्टीगत पत्रकारितताको नाममा कसैले पनि बिकृति फैलाउँन नहुनेमा जोड दिनुभया ।
त्यस्तै पाटीका अर्का बैकल्पिक केन्द्रिय सदस्य रामबाबु बैठाले माओवादीले जनतामाझ ल्याएको तीन महिने रुपान्तरण अभियानलाई सही अर्थमा सर्बसधारणलाई बुझाउँनुपर्नेमा जोड दिनुभयो । माओवादी रुपान्तरण अभियान अन्तर्गत पार्टीले गरेका असल कार्यहरुको प्रचारप्रसार गरिदिनुपर्ने सल्लाह दिनुभयो । नेकपा माओवादी केन्द्रका मधेश प्रदेश सदस्य रबिराज दंगालले पाटी र प्रेस सेन्टर नेपालको समन्वयको आवश्यक्ता औल्याउँनुभयो ।
पत्रकारहरुको बृद्धि र बिकासमा पाटीले सोच्नुपर्ने धारणा ब्यक्त गर्नुभयो । प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समितिका अध्यक्ष रञ्जन यादबले नेपाल पत्रकार महासंघ मधेश प्रदेशले सदस्यता बितरण तथा शुद्धिकरणको लागि गरेको सिफारिस पूर्वाग्राही पूर्ण रहेको बताउनुभयो । नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालयले प्रदेशले गरेको सिफारिस अबिलम्ब सच्याउँनुपर्ने माग गर्नुभयो ।
रञ्जन यादबको अध्यक्षतमा भएको कार्यक्रममा नेकपा माओवादी मधेस प्रदेश कमिटि सदस्य तपेश्वर राय थारु, स्थानीय नेता रामचन्द्र सोफी लगायतले पनि मन्तव्य व्यक्त गर्नुभएको थियो । प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समितीका बाराका ईन्चार्ज कृष्ण उदास खनालको स्वागत मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रमको सहजीकरण जिल्ला उपाध्यक्ष प्रदिप गौतमले गर्नुभएको थियो । यसैबीच कार्यक्रममै प्रेस चौतारीका केन्द्रीय सदस्य अशेष ढुंगाना सहित १५ जना विभिन्न पालिकाबाट प्रेस सेन्टर नेपाल बारामा आवद्ध भएका छन् ।