नेकपा माओवादी केन्द्र पर्साको दोश्रो बैठक सम्पन्न, एमालेमा गएका २७ जनालाई कारवाही 

नेकपा माओवादी केन्द्र पर्साको दोश्रो बैठक सम्पन्न, एमालेमा गएका २७ जनालाई कारवाही 

वीरगन्ज, २१ साउन । नेकपा एमालेसँको एकता भंग भएपछि नेपाल कम्युनिस्ट पार्टी माओबादी केन्द्रले आफ्नो सांगठनिक संरचनालाई क्रियाशील बनाउन सक्रियाता देखाएको छ । केन्द्रको स्थायी कमिटि बैठकले वडातहको कमिटि गठन गरेर साउन ३० गते भित्रमा केन्द्रमा बुझाउन परिपत्र गरेपछि पर्सा जिल्ला कमिटीको लगातार बैठक बस्न थालेको छ ।

यही क्रममा दोश्रो बैठक बुधबार सम्पन्न भएको छ । जिÞल्ला अध्यक्ष बिजय महतोको अध्यक्षतामा बसेको बैठकले पार्टीको केंद्रीय परिपत्र अनुसार साउन २८ गते भित्र जिल्लाका सबै वडामा वडा कमिटी गठन र पुर्नगठन गर्ने निर्णय गरेको छ । पार्टीको वडा तहको कमिटि गठनका लागि समन्वय गर्न जिम्मेवारी समेत बाँडफाँड गरेको छ । बैठकले निर्णय गरे अनुसार क्षेत्र नम्बर १ मा रामदरश कसुवाहा, क्षेत्र नम्बर २ मा बाबूराम कौशिक, क्षेत्र  नम्बर ३ मा छोटेलाल यादव, बालेश्वर थारु र रामबाबु बैठा र क्षेत्र नम्बर ४ मा जिल्ला अध्यक्ष बिजय महतोलाई कमाण्डर तोकेको छ ।

त्यस्तै  बिरगंज महानगरको जिÞम्मा रहबर अंसारीलाई दिने निर्णय गरेको जिल्ला अध्यक्ष विजय महतोले जानकारी दिनुभयो । यस्तै पार्टीको जिल्ला कमिटीमा सचिवको व्यवस्था नभए सम्मको लागि कार्यक्रम संचालन तथा लेखापढी गर्ने जिÞम्मा जिÞल्ला कमिटी सदस्य प्रभाकर गुप्तालाई दिने निर्णय गरेको छ ।

पार्टी केंद्रीय सदस्य तथा पूर्वमन्त्री उर्मिला आर्यालको प्रमुख आतिथ्यतामा बसेको बैठकमा प्रदेश कमिटी सदस्य छोटेलाल यादव, रामदरश कुसुवाहा, बाबूराम कौशिक, बालेश्वर थारु, प्रदेश सभा सदस्य पस्मिना कÞादरी, जगरनाथपुर गाउँपालिकाका प्रमुख जÞालिम मियाँ लगायतको उपस्थिति रहेको थियो । 

कारवाहीमा परेकाहरुमा पछुतो

नेकपा विघटनपछि नेकपा एमालेतिर लागेका पर्सा जिल्लाका पूर्व माओवादीहरु २७ जनालाई कारवाही गरेको छ । नेकपा माओवादी केन्द्रले एमालेतिर लागेकाहरुलाई पार्टीले पटक पटक छिपहरमाई गाउँपालिकाका अध्यक्ष मनोज गुप्ता, जोगेन्द्र साह, पवन तिवारी, विरेन्द्र साह, हरि पटेल र मदिस मियाँ, बालकृष्ण श्रेष्ठ, अमिताभ बच्चन दास, संतोष श्रेष्ठ, सुनिल रौनियार लगायत २७ जनालाई पार्टीले कारवाही गरेको अध्यक्ष महतोले जानकारी दिनुभयो ।

यस्तै छिपहरमाई गाउँपालिकाका निर्वाचित २७ जना प्रतिनिधिहरु पनि कारवाहीको दायरमा आउने पार्टीले जनाएको छ । यसैबीच एमालेतिर लागेर पार्टीको कारवाहीमा परेकाहरु पछुतो मानिरहेको स्रोतले दावी गरेको छ । कारवाहीमा परेकाहरुले माओवादी केन्द्रका जिल्लास्तरका नेताहरुसँग सम्पर्क गरेर एमालेमा लागेर पछुतो लागेको बताउने गरेको स्रोतले जनाएको छ ।  

युवा नेता गुप्तालाई अवसर 

अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य तथा पार्टीका जिल्ला सदस्य प्रभाकर गुप्तालाई पार्टीमा अवसर प्राप्त भएको छ । विद्यार्थी राजनीतिमा निकै प्रभाव जमाएका युवा नेता गुप्तालाई पार्टीको जिल्ला सचिवको व्यावस्था नभएसम्मका लागि कार्यालयको काम तथा बैठक सञ्चालनका लागि जिम्मेवारी दिने निर्णय गरेको छ । पार्टीको निर्णयले गुप्तालाई सुवर्ण अवसर प्राप्त भएको छ ।

कम्युनिष्ट विचारधाराको कम्युनिष्ट अध्ययन केन्द्र्र प्रदेश २ का सचिवको पनि जिम्मेवारीमा रहेका गुप्ताले यो अवसरलाई पार्टी संगठनको पनि महत्वपूर्ण जिम्मेवारीलाई सशक्त ढंगबाट निभाउने बताउनु भएको छ । कम्युनिष्ट आन्दोलनको उर्वरभूमि रहेको मधेसमा कम्युनिष्ट आन्दोलन विस्तारै कमजोर हुदै गएको भन्दै मधेसमा माओवादीले उठाएको मुद्दालाई जनताकोबीचमा पु¥याउन नसक्दा कमजोर बनेको बताउनुभयो ।

पार्टी अध्यक्ष प्रचण्डको नेतृत्वमा बनेको तत्कालिन सरकारले कृषि विकास बैंकमा रहेको लाखौं मधेसीको ऋण मिनाह नगरेको भए मधेसमा मधेसीहरुको विल्लीबाट हुने अवस्था रहेको बताउदै अहिले माओवादीलाई नै पाखा लगाउन खोज्नु परिवर्तनको विरोधी भएको बताउनुभयो ।