एमाले पर्सामा राजकुमार, जयप्रकाशको रियाक्सन, १४ जना निष्काशित २६ जनालाई स्पष्टिकरण
वीरगन्ज, १७ मंसिर । मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधि सभा सदस्य एवम् प्रदेश सभा सदस्य निर्वाचनको नतिजालाई लिएर नेकपा एमाले पर्सा जिल्ला कमिटि एक्सनमा आएको छ । निर्वाचनमा अन्तरघात गर्ने, पार्टीले उठाएको उम्मेदवारका विरुद्ध बागी उठ्ने नेता तथा कार्यकर्तालाई एमाले पर्सा कमिटीले कारबाही गरेको छ ।
निर्वाचन समीक्षा गर्न बसेको एमाले सचिवालय कमिटी बैठकले अन्तर्घात र बागी उठ्नेहरुलाई साधारण सदस्य नरहने गरी पार्टीबाट निष्कासन गरी कारबाही गरिएको जिल्ला कमिटी अध्यक्ष जयप्रकाश थारूले जानकारी दिनुभयो ।
एमालेले उम्मेदवार बनाएका अधिकांश क्षेत्रहरूमा अन्तर्घातका कारण पार्टीले हार व्यहोर्नुपरेको ठहर गर्दै अनुशासन विपरित गतिविधि गर्नेलाई केन्द्रीय पार्टीको निर्देशन अनुसार कारबाही गरेको जिल्ला अध्यक्ष जयप्रकश थारुले बताउनुभयो ।
बैठकले संगठित सदस्य , प्रदेश कमिटी सदस्यदेखि केन्द्रिय सदस्य समेतलाई कारवाही गरेको छ । जिल्ला कमिटी अध्यक्ष थारुको अध्यक्षता एवं केन्द्रिय सदस्य तथा पर्सा जिल्ला इन्चार्ज प्रभु हजारको प्रमुख आतिथ्यमा बसेको सचिवालय कमिटीले पार्टीको जिल्ला कमिटीले सिफारिश गरेको आधारमा अनुसन्धान गरी कारबाही गरेको हो ।
सचिवालय कमिटिको बैठकले बैठकको प्रमुख आतिथ्यता गर्नुभएका जिल्ला इन्चार्ज प्रभु हजरालाई नै साधारण सदस्य समेत नरहनेगरी कारवाही गर्न केन्द्रीय कमिटीका लागि सिफारिस गरेको अध्यक्ष थारुले बताउनुभयो ।
प्रतिनिधि सभा सदस्य एवं प्रदेश सभा सदस्य निर्वाचनमा अन्तर्घात गर्ने केन्द्रिय सदस्य एवं पर्सा जिल्ला इन्चार्ज हजारा, प्रदेश कमिटी सदस्य बसरुद्दीन अन्सारीलाई साधारण सदस्य समेत नरहने गरी कारबाहीका लागि केन्द्रिय र प्रदेश कमिटीमा उक्त सचिवालयको बैठकले सिफारिश गरेको हो ।
हजारा र अंसारी पार्टीका उम्मेदवारहरुलाई हराउने भूमिकामा रहेको भन्ने कार्यकर्ताबाट व्यापक गुनासो आएपछि सचिवालय कमिटीले कारवाहीको माग गर्दै हजारालाई कारवाहीको लागि केन्द्रिय कमिटी र अंसारीलाई प्रदेश कमिटीमा सिफारिश गरेको छ ।
जिल्ला कमिटीले छानविन समितिले दिएको प्रतिवेदनको आधारमा कारबाहीको लागि केन्द्रिय र प्रदेश कमिटीमा पठाएको जनाएको छ । सचिवालय कमिटी बैठकले ठोरी गाउँपालिका कमिटी अध्यक्ष खगेन्द्र बहादुर श्रेष्ठसहित पालिका कमिटीलाई पनि स्पषटीकरण सोधेको छ ।
बैठकमा इन्चार्ज प्रभु हजरा, केन्द्रीय सदस्य एवं सहइन्चार्ज राजकुमार, अरविन्द सिंह, निर्मला देवकोटा, विजय सरावगी लगायतको उपस्थिति रहेको थियो । यसैबीच बैठकले गरेको कारवाहीपछि नेता कार्यकर्ताहरुले सामाजिक सञ्जालमा प्रतिक्रिया समेत दिन थालेका छन् ।
कारवाहीमा पर्नुभएका नेता पवन तिवारीले जयप्रकाश थारु चाडै पूर्व अध्यक्ष हुने भन्दै प्रतिक्रिया दिनुभएको छ । तिवारी मात्रै होईन अध्यक्ष थारुको गतिविधिप्रति एमालेका सयौं नेता कार्यकर्ता असन्तुष्ट छन् । थारु अध्यक्ष भएपछि पर्सा जिल्लामा पार्टीको नेतृत्व गर्न नसकेको स्थानीय तहको निर्वाचनमा समेत अपेक्षा अनुसारको परिणाम दिन नसकेको तथा आम निर्वाचनमा पनि थारुको अर्थपूर्ण भूमिका नभएको टिप्पणी एमालेका नेताहरुले गरेका छन् ।
आफू नेतृत्व गर्न नसक्ने अनि इमान्दार नेता कार्यकर्ताहरुलाई भने अन्तरघातको आरोपमा कारवाही गर्नु हास्यास्पद रहेको प्रतिक्रिया दिएका छन् । जिल्ला नेतृत्व चयन अघिदेखि नै एमालेभित्रको विवाद भुसको आगो जस्तै सल्किएको र चाडै त्यसको विष्फोट हुने एमालेका जिम्मेवार एक नेताले बताए ।
सचिवालय कमिटीको बैठकले पार्टीको साधारण सदस्य समेत नरहने गरी कार्वाहीमा परेकाहरुको नामावलीः
१. जिल्ला कमिटी सचिव एवं छिपहरमाई गाउँपालिका अध्यक्ष मनोज गुप्ता
२. जिल्ला सचिवालय सदस्य एवं सखुवा प्रसौनी गाउँपालिका अध्यक्ष यसवन्त यादव
३. गाउँपालिका कमिटी अध्यक्ष एवं वडा अध्यक्ष वासुदेव महत्तो थारु
४. ताजदिन अंसारी ( जिल्ला कमिटी सदस्य
५. इमरान हुसेन ( जिल्ला सचिवालय सदस्य
६. मंजूर आलम ( जिल्ला कमिटी सदस्य
७. पवन तिवारी ( जिल्ला कमिटी सदस्य
८. सुबास साह कानु ( जिल्ला कमिटी सदस्य
९. वीरेन्द्र साह कानु ( जिल्ला सचिवालय सदस्य
१०. छिपहरमाई गाउँपालिका वडा नं ५ का वडा अध्यक्ष मौजीलाल साह कानु ( जिल्ला कमिटी सदस्य
११. मुस्तकीम अंसारी ( पूर्व जिल्ला कमिटी सदस्य
१२. रामप्रित महतो थारु ( जिल्ला कमिटी सदस्य
१३. अमानत अंसारी ( सचिवालय सदस्य
१४. नबिजान मियाँ
सचिवालय कमिटीको बैठक पार्टीको निर्देशनमा अनुशासन विपरित गतिविधि गर्ने २६ लाई स्पष्टीकरण सोधेको छ :
१. महेश दास ( महानगर कमिटी उपाध्यक्ष
२. नरेश तिकडेवाल
३. अमोद यादव
४. संजिव बहादुर छत्कुली ( निर्वाचित वडा अध्यक्ष
५. विश्वराज कुर्मी
६. जितेन्द्र पटेल
७. सम्सुदिन अंसारी
८. सुनिल कुशवाहा
९. रामबाबु साह
१०. प्रमोद यादव
११. महादेव साह कलवार
१२. इनरदेव चौधरी
१३. रामनाथ चौधरी
१४. रामराज यादव
१५. हरिनारायण चौधरी ( जिल्ला कमिटी सदस्य
१६. रामेश्वर साह कानु ( जिल्ला कमिटी सदस्य
१७. फरिन्द्र कुशवाहा ( जिल्ला कमिटी सदस्य
१८. जितेन्द्र साह कलवार ( जिल्ला कमिटी सदस्य
१९. नाजिर मियाँ ( जिल्ला कमिटी सदस्य
२०. गौरी शंकर साह कानु ( जिल्ला कमिटी सचिवालय सदस्य
२१. महेन्द्र साह कलवार
२२. विनोद साह कानु
२३. विश्वेश्वर यादव
२४. कुरान अलि
२५. फुलमहमद मियाँ
२६. रियाजुल मियाँ