वीरगन्जमा राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीको पुत्ला दहन 

अनेरास्ववियु पर्साका संयोजक रामबाबु यादवको नेतृत्वमा विद्यार्थीहरूले माइस्थानमा राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओली विरूद्ध नाराबाजी गर्दै पुत्ला दहन गरेका हुन् ।

वीरगन्जमा राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीको पुत्ला दहन 

वीरगन्ज, २३ पुस । नेकपा प्रचण्ड माधव समूहको विद्यार्थी संगठन र युवा संगठनले पर्सामा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओलीको पुत्ला दहन गरेका छन् । वीरगन्जको माइस्थानमा राष्ट्रपति भण्डारी र ओलीको पुत्ला दहन गरेका हुन् ।


अनेरास्ववियु पर्साका संयोजक रामबाबु यादवको नेतृत्वमा विद्यार्थीहरूले माइस्थानमा राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओली विरूद्ध नाराबाजी गर्दै पुत्ला दहन गरेका हुन् । प्रधानमन्त्री ओलीले असंवैधानिक कदम चालेको र राष्ट्रपति भण्डारीले त्यसो साथ दिएकोले विरोध स्वरूप पुत्ला जलाएको अनेरास्ववियुका केन्द्रीय सदस्य प्रभाकर गुप्ताले बाताउनुभयो ।


कार्यक्रममा पूर्व विद्यार्थी नेता मनोज चौधरीले विद्या भण्डारी र केपी ओली श्री ६ महाराज बन्न खोजेको बताउनुभयो । केन्द्रीय कार्यक्रम अनुसार नै आज पुत्ला दहन गरिएको अर्का केन्द्रीय सदस्य शिवम साहले बताउनुभयो । कार्यक्रममा युवा संघका केन्द्रीय सदस्य अरूण यादव, युवा नेता अरविन्द सिंह, अनेरास्ववियुका केन्द्रीय सदस्य जुबैर आलम, ठाकुराम ईकाई संयोजक संदीप विक्रम साह, रामबाबु मण्डल, इहसान अन्सारी लगायत युवा विद्यार्थीहरूको सहभागिता रहेको थियो ।