पर्साको जीराभवानीमा माओवादी केन्द्रको पालिका कमिटि गठन

पर्साको जीराभवानीमा माओवादी केन्द्रको पालिका कमिटि गठन

वीरगन्ज, ६ जेठ । पर्साको जिराभवानी गाउँपालिका नौकाटोला चौकमा  नेकपा (माओवादी केन्द्र) को सहायक संगठन वाईसियल कमिटि गठन गरेको छ । मधेश प्रदेश सँगठन सुदृढीकरण विशेष अभियान अन्तर्गत पालिका भेलाबाट रामा पासवानको अध्यक्षतामा २५ सदस्यीय वाईसियल नेपाल गाउँपालिका कमिटी गठन गरेको हो ।

कमिटिको उपाध्यक्षमा सञ्जीला चौधरी, उपाध्यक्ष शिव प्रसाद राम, सचिव हरी ओम पञ्जियार थारु, सहसचिव राधा श्याम, कोषाध्यक्ष गौरी शंकर महतो,  सदस्यहरु रामायण खाँ थारू, शिवराज साह, रामेश्वर राम, अनिल राम, प्रदीप राम, रामाबिनय राय, बैजनाथ राय, धीरज कुमार गुरो, सुबास राय, सञ्जय पासवान, दिपेन्द्र दास, नगिना राम, वीरबहादुर राम, उपेन्द्र दास, हरिशंकर चौधरी, धर्मराज चमार, जितेन्द्र दास, नरेश महतो, बसन्ती चौधरी लगायत रहेका छन् ।

(नेकपा माओवादी केन्द्र) जीराभवानी गाउँपालिका अध्यक्ष जयनारायण चौधरीको कार्यक्रमको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि केन्द्रीय सदस्य तथा पर्सा जिल्ला इन्चार्ज विजय महतो,  विशिष्ठ अतिथिमा वाईसियल नेपाल पर्सा जिल्ला संयोजक दिपेन्द्र सिंह पटेल , पूर्व शिक्षक संगठनकाअध्यक्ष रेउती घिमिरे लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।