बारा जिल्ला उपसभापति सहित ३ जना पार्टीबाट निष्काशित
बारा, ३ मंसिर । बारा–४ मा सत्ता गठबन्धन उम्मेदवार विरुद्व गलत प्रचारबाझी गरेको भन्दै नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिले जिल्ला उपसभापति सहित ३ जनालाई अनुशासनको कारवाही गरेको छ ।
केन्द्रीय अनुशासन समितिले शनिबार विज्ञप्ति जारी गरेर बारा जिल्ला उपसभापति अमिरीलाल राउत भेडियार (पाल), क्षेत्रिय प्रतिनिधि सुशील ढोडारी र जिल्ला सदस्य हरिप्रसाद थपलियालाई पार्टी सदस्य समेत नरहने गरी निलम्बन गरेको हो ।
बारा ४ मा प्रतिनिधि सभा सदस्यका उम्मेदवार कृष्णकुमार श्रेष्ठ (किसान) हुन् । नेपाली कांग्रेसको विधान, २०१७ ९संशोधन सहित० को धारा ९३४० बमोजिम उपसभापति पाल, थपलिया र ढोडारीको पार्टी सदस्य समेत नरहने गरी निलम्बन गर्ने निर्णय गरेको हो ।
नेपाली कांग्रेस बारा ४ का क्षेत्रिय सभापति सुनिल गुप्ताले पार्टीको निती विपरित सत्ता गठबन्धनका उम्मेदवार विरुद्वमा गतिविधि गरेकाले पार्टीको अनुशासन विभागले कारवाही गरेको बताए ।
क्षेत्रिय सभापति गुप्ताले गठबन्धनका उम्मेदवारहरुको जित नै नेपाली कांग्रेसको जित भएकोले गठबन्धन दलका उम्मेदवार जिताउन आग्रह गरेका छन् ।