जनयुद्ध दिवसको अवसर देशभर कार्यक्रम, पर्सामा पार्टी कार्यालय उदघाटनदेखि फलफूल र कपडा वितरण

जनयुद्ध दिवसको अवसर देशभर कार्यक्रम, पर्सामा पार्टी कार्यालय उदघाटनदेखि फलफूल र कपडा वितरण

वीरगन्ज, १ फागुन । तत्कालिन नेकपमा माओवादीले जनयुद्ध शुरु गरेको २७ बर्ष पूरा भएको अवसरमा आईतबार देशभर कार्यक्रम विभिन्न कार्यक्रम गरी मनाएको छ । २७ औं जनयुद्ध दिवसको अवसरमा नेकपा माओवादी निकट भातृ संगठन योङ्ग कम्युनिष्ट लिग (वाईसियल) नेपाल पर्साले मानवसेवा आश्रममा कपडा तथा फलफूल वितरण गरेको छ । 

वाईसियल नेपालले मानव सेवा आश्रमका आश्रितहरुलाई पछ्यौरा २० थान, भेस्ट ५० थान, कुर्ता २० थान, सर्ट २० थान, प्लाजो १० थान, सुइटर २० थान, जिन्स पैन्ट ५ थान, हाइनेक १० थान, ज्याकेट २ थान र ५ जना बच्चाको लागि कपडा तथा ६० प्याकेट फलफूल वितरण गरेको वाईसियल नेपालका अध्यक्ष पिन्टु रौनियारले जानकारी दिनुभयो । 

वाईसियल नेपाल पर्साका अध्यक्ष पिन्टु रौनियारको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि वाईसियल नेपालका केन्द्रीय सदस्य एवं पर्सा इन्चार्ज ओमप्रकाश गुप्ता, नेकपा माओवादी पार्टीका प्रदेश कमिटि सदस्य एवं महानगर इन्चाज बाबुराम कौशिक, प्रदेश कमिटि सदस्य रामबाबु बैठा, महानगर कमिटि सचिव सुरेन्द्र गुप्ता,

प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ का इञ्चार्ज अमिताभ बच्चन दास, निर्वाचन क्षेत्र नम्बर २ प्रदेशसभा ‘ख’ का संयोजक छोटेलाल पटेल, प्रेस सेण्टर नेपालका केन्द्रीय सदस्य नीरज पिठाकोटे मगर, जिल्ला सदस्य प्रणय साह, समाजवादी प्रेस संगठनका जिल्ला सदस्य नरेश सर्राफ, वाईसियल महानगर अध्यक्ष विकास पटेल लगायत वाईसियलका प्रदेश र जिल्ला सदस्यहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रमको सञ्चालन वाईसियल नेपाल पर्सागढी नगरपालिकाका इन्चार्ज विक्रम कार्कीले गर्नुभएको थियो । यस्तै नेकपा माओवादी केन्द्र ठोरी गाउँपालिकाले आईतबार पार्टी कार्यालय र वडा कार्यालय उदघाटन गरेको छ । ठोरी गाउँपालिका वडा नम्बर ४ आठघरेमा स्थापना गरेको नेकपा माओवादी केन्द्र ठोरी गाउँपालिका कार्यालयको उदघाटन नेकपा माओवादी केन्द्रका मधेस प्रदेश कमिटि सदस्य एवं ठोरी गाउँपालिकाका अध्यक्ष पिएल श्रेष्ठले गर्नुभएको हो ।

यस्तै सोही स्थानमा वडा नम्बर ४ को पनि वडा कार्यालयको पनि उदघाटन गरिएको छ । कार्यालय उदघाटन कार्यक्रममा पार्टीका गाउँपालिका अध्यक्ष निमा लामा, पूर्व अध्यक्ष हरि बहादुर सुनुवार, वडा नम्बर ४ का वडा अध्यक्ष बई बहादुर पाख्रिन, गाउँपालिका कार्यपालिका सदस्य कान्छी माया थिङ पार्टीका वडा अध्यक्ष सागर लामा, उपाध्यक्ष अमर निर्दोष, सहसचिव रोशन सुनुवार, धन बहादुर थिङ, बुद्ध पाख्रिन लगायतको उपस्थिति रहेको थियो ।