पटेल र चौधरी प्रदेशसभा सदस्यमा विजयी, दुई पार्टीका जिल्ला अध्यक्षहरुको हार 

दुई पार्टीका जिल्ला अध्यक्षहरुको हार 

पटेल र चौधरी  प्रदेशसभा सदस्यमा विजयी, दुई पार्टीका जिल्ला अध्यक्षहरुको हार 

वीरगन्ज, ६ मंसिर । पर्सामा नेपाली कांग्रेसका दुईज्ना प्रदेशसभा सदस्यमा विजयी भएका छन् । पर्साको निर्वाचन क्षेत्र नं २ को “क” प्रदेश सभामा नेपाली कांग्रेसका श्याम पटेल र निर्वाचन क्षेत्र नम्बर ४ को (क) मा शंकर प्रसाद चौधरी प्रदेशसभा सदस्यमा बिजयी भएका छन् । श्याम पटेलले आफना निकटतम प्रतिद्विण्दी भन्दा १ हजार ६ सय ५७ मतको अन्तरले जित निकाल्नु भएको हो ।

उहाँले नेकपा एमाले जसपा गठबन्धनका उम्मेदवार राम नरेश यादवलाई पारजित गर्नुभएको हो । यादव जसपा नेपालका पर्सा अध्यक्ष हुनुहुन्छ । पटेलले १३ हजार ७ सय ८४ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिद्वण्दी जसपाका राम नरेश यादवले १२ हजार १ सय २७ मत प्राप्त गर्नुभएको छ ।

त्यस्तै पर्साको क्षेत्र नम्बर ४ “क” प्रदेश सभाबाट नेपाली कांग्रेसका शंकर प्रसाद चौधरी निर्वाचित हुनु भएको छ। पाँच दलीय सत्ता गठबन्धनको समर्थन पाएका चौधरीले दोश्रो पटक जीत निकालेका हुन । उनका निकटम प्रतिद्वन्दी नेकपा एमालेका जयप्रकाश थारु नेकपा एमालेका अध्यक्ष तथा संबिधान सभाका सदस्य हुनुहुन्छ ।

उहाँले संविधान सभा सदस्यसमेत रहेका नेकपा एमाले पर्साका अध्यक्ष थारुलाई २ हजार ३४ मतको अन्तराले पराजित गर्नुभएको छ । चौधरीले ११ हजार ५ सय ८५ मत ल्याएर निर्वाचित हुँदा थारुले ९ हजार ५ सय ५१ मत प्राप्त गर्नुभएको छ । यो सँगै पर्सा जिल्लामा कांग्रेसले २ वटा प्रदेश सभा सदस्यमा जित हासिल गरेको छ ।