लोसपाको ‘चाय पर चर्चा’ निरन्तर जारी 

लोसपाको ‘चाय पर चर्चा’ निरन्तर जारी 

वीरगन्ज, १५ कार्तिक । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीले ‘चाय मे चर्चा’ नाम दिएर कार्यकर्ता भेटघाटलाई निरन्तर जारी राखेको छ ।

जनता समाजवादी पार्टीबाट अलग भएपछि लोसमपाले आफ्नो संगठन निर्माणका क्रममा कार्यकर्ताहरुसँग भेटघाटलाई निरन्तरता दिएको हो ।

लोसपाका युवा नेता राजेशमान सिंहको नेतृत्वमा ‘चाय पर चर्चा’ कार्यक्रम अन्तर्गत कार्यकर्ता भेटघाटलाई निरन्तर जारी राखेको छ । यहि क्रममा सोमबार वीरगन्ज महानगरपालिका वडा नम्बर २२ मा ‘चाय पर चर्चा’ कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा युवा नेता सिंह सहित, मुकेश द्विवेदी, उमेशलाल सहनी, पेमबाबु पटेल लगायतको सहभागिता रहेको थियो ।