उच्चस्तरीय सेवा सहित शाखा विस्तार गर्दै पुर्नजीवन पुर्नस्थापना केन्द्र 

उच्चस्तरीय सेवा सहित शाखा विस्तार गर्दै पुर्नजीवन पुर्नस्थापना केन्द्र 

वीरगन्ज, ५ भदौ । लागूऔषध दुर्व्यसनीहरुलाई सुधार गरी समाजमा महत्वपूर्ण भूमिका खैल्दै आएको पुर्नजीवन पुर्नस्थापना केन्द्रले मधेस प्रदेशको उत्कृष्ट सेवा सहितको शाखा विस्तार गरेको छ । २०७५ साल चैत २७ धनुषाको छिरेश्वरनाथ गरपालिका वडा नम्बर २ मा केन्द्र स्थापना गरी सेवा शुरु गरेको केन्द्रले छोटो समयमा नै आफ्नो सेवा विस्तार गर्न सफल भएको छ ।

सिराहाको गोलबजारमा दोश्रो शाखा विस्तार गरेर सेवा गर्दै आएको पुर्नजीवन पुर्नस्थापना केन्द्रले सर्लाहीको हरिवन नगरपालिकामा पनि उच्चस्तरीय सेवा सहितको शाखा सञ्चालनमा ल्याएको छ । लागूऔषध दुव्र्यसनीमा लागेका व्यक्तिहरुलाई विभिन्न परामर्श सहितको उपचार गरी नशामुक्त समाज निर्माणको लागि निरन्तर अभियानमा पुर्नजीवन पुर्नस्थापना केन्द्र लागि परेको छ ।

स्थापनाको शुरुवातमा ५० वटा वेड सहितको सेवा सुरु गरिएको सुधार केन्द्रमा अहिले झण्डै १५० जना विभिन्न कुलतमा फसेकाहरुको उपचार भईरहेको छ । लागू औषध प्रयोगकर्ता, मदिरा सेवन गर्ने, मानसिक स्वास्थ्यमा समस्या भएका लगायतको पुर्नस्थापना केन्द्रमा उपचार गराईरहेको छ । उनीहरुको उपचारका लागि फिजिसियन र मानसिक रोग विशेषज्ञ डाक्टरहरु तथा मनोपरामर्शदाता ४ जना र ६० जना भन्दा बढी स्वयंसेवकहरुले सेवा दिईरहेका छन् ।

सुधारकेन्द्रमा रहेकाहरुको निगरानीका लागि सीसीटिभी सहितको कडा सुरक्षा व्यावस्था रहेको छ । सर्लाहीमा सञ्चालनमा ल्याईएको सुधार केन्द्र अझ सुविधायुक्त बनाईएको छ । सुधारकेन्द्रमा खेलकुद, पुस्तकालय, योगअभ्यास लगायतका विभिन्न किसिमका परामर्श र प्रशिक्षणका लागि पर्याप्त स्थान रहेको सुधार केन्द्र स्थापना गरिएको छ । सुधार केन्द्र स्थापनाका लागि स्थानीय सरकार हरिवन नगरपालिकाले पनि अत्यन्त सहयोगी भूमिका खेलेको केन्द्रका प्रमुख कार्यकारी अधिकृत अजितम पाण्डेले बताउनुभयो ।

सर्लाहीमा स्थापना गरिएको सुधार केन्द्र नेपालकै एउटा नमूना सुधार केन्द्रको रुपमा सञ्चालनमा ल्याईएको पाण्डेले बताउनुभयो । आधुनिक समाजमा वेरोजगार समस्याका कारणले धेरै युवाहरु कुलतमा फस्ने र दुर्व्यसनी बन्ने गरेकोले धेरै अभिभावकहरु आफ्ना छोराछोरीहरु यस्ता कुलतमा नफसोस भन्नेमा चिन्तित भएका छन् ।

जानी नजानी फसेकाहरुको पनि उपचार र परामर्शबाट फेरी सहीबाटोमा ल्याउनका लागि सुधार केन्द्रहरुको महत्वपूर्ण भूमिका रहने हुँदा यस्ता पुर्नस्थापना केन्द्रहरुलाई आर्थिक, नैतिक, भौतिक जुनसुकै सहयोगबाट पनि हौसला बढाउनुपर्ने सरोकारवालाहरु बताउछन् ।