नेपाल नेत्रज्योती संघ पर्सा शाखालाई मेशिन सहयोग 

नेपाल नेत्रज्योती संघ पर्सा शाखालाई मेशिन सहयोग 

वीरगन्ज, २० जेठ । नेपाल नेत्रज्योति सघ पर्सा शाखालाई एकथान आँखा परीक्षण गर्ने  स्लिट ल्याम्प मेशिन सहयोग स्वरुप प्राप्त भएको छ । आँखाको क्षेत्रमा उल्लेखनीय भूमिका खेलिरहेका ‘ओरबिस’ नामक संस्थाले उक्त मेशिन नेत्रज्योती संघ पर्सा शाखालाइ उपलब्ध गराएको हो ।

नेपाल नेत्रज्योति संघ पर्सा जिल्ला शाखाका सभापति भगवती चौधरीलाई केडिया आँखा अस्पतालका अरुण कुमार कुश्वाहाले सो मेशिन हस्तान्तरण गर्नु भएको हो । मेशिन हस्तान्तरणपछि सर्वसाधारणलाई आँखाको मोतियाबिन्दु,रेटिना ग्लुकोमा लगायत आँखाका सम्पूर्ण रोगहरु जाँच गर्न सजिलो हुने प्राबिधिक अन्जली चौधरीले जानकारी गराउनु भयो ।

मेशिन हस्तान्तरण कार्यक्रममा नेपाल नेत्र ज्योती संघका कार्यसमिति सदस्य एवं रेडक्रस मधेस प्रदेसका अध्यक्ष फुलमहम्मद मियाँ, दिपिका श्रेष्ठ, राजन श्रीवास्तव, रबि पौडेल लगायतको उपस्थित रहेको थियो । मेशिन हस्तान्तरण कार्यक्रममा सहभागी र दातालार्इ सभापति भगवती चौधरीले धन्यवाद दिनु भएको थियो ।