रोट्रयाक्ट क्लब अफ वीरगन्ज मेट्रोपोलिस द्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना 

रोट्रयाक्ट क्लब अफ वीरगन्ज मेट्रोपोलिस द्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना 

वीरगन्ज, २० जेठ । रोट्रयाक्ट क्लव अफ वीरगञ्ज मेट्रोपेलिसले शनिबार आयोजना गरेको निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । वीरगंज महानगरपालिका वडा – २६ आठराहा सुगौलीमा भएको शिविरमा ३ सय जनाभन्दा बढीले स्वास्थ्य परिक्षण गराएको रोट्रयाक्ट क्लब अफ वीरगंज मेट्रोपेलिसका अध्यक्ष रबिन श्रेष्ठले जनाएको छ ।

शिविरमा त्रिलोकी क्लिनिक वीरगंजका विशेषज्ञ चिकित्सक डा. शिव कुमार झा, किरण आँखा अस्पतालका टिम र डा. अमर क्याल, सहारा डेन्टल केयर वीरगंजका डा. एहसान आलम अन्सारीले विरामीहरुको स्वास्थ्य परिक्षण गरेका थिए ।

वीरगञ्ज महानगरपालिका २६ अठराहा सुगौलीमा आयोजित शिविरमा हालसम्म ३ सय जनाभन्दा बढिले निःशुल्क चेकजाँच गराएको क्लबका कम्युनिटी सर्भिस डाइरेक्टर आनन्द साह जानकारी दिनुभयो ।

शिविरमा वीरगंज महानगरपालिका वडा २६ आठराहा सुगौलीका अध्यक्ष शम्भु मिश्रा लगायतको उपस्थिति रहेको थियो । शिविरमा नेशनल मेडिकल कलेजका एमबीबीएस अध्यनरत विद्यार्थीहरुले प्राविधिक सहयोग गरेका थिए ।