ग्रिनसिटी सामुदायिक सेवा केन्द्रद्वारा आयोजित कार्यक्रममा २८० बिरुवा रोपियो
वीरगन्ज, २ असार । ग्रिनसिटी सामुदायिक सेवा केन्द्र तथा ग्रिनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगर १० पर्सा र राष्टपती चुरे तराई मधेश संरक्षण विकास समिति भरतपुर चितवनको संयुक्त आयोजनामा वीरगन्जको आदर्शनगरमा वृक्षरोपण गरिएको छ ।
आठौं चुरे दिवसको उपलक्ष्यमा आयोजना गरिएको वृक्षरोपण कार्यक्रमको प्रमुख अतिथि वीरगन्ज महानगरपालिकाका नगर उपप्रमुख इम्तियाज आलमले विरुवा रोपेर उदघाटन गर्नुभएको थियो ।
सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत स्टिक प्रजातिको विरुवा, २०० वटा, कागतीको बिरुवा, ४० वटा, निमको बिरुवा ४० वटा गरी जम्मा २८० बिरुवा रोपिएको ग्रिनसिटी सामुदायिक सेवा केन्द्रका अध्यक्ष प्रकाश खेतानले जानकारी दिनुभयो ।
कार्यक्रममा पर्सा प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकाल, सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेल, नेपाली सेनाको श्रीजंग गण श्रीपुरका प्रमुख सेनानी डायमन कार्की, प्रहरी उपरीक्षक रमेश कुमार बस्नेत,
सशस्त्र प्रहरी उपरीक्षक तेज प्रसाद पोख्रेल, भारतीय महावाणिज्यदूतावासका महावाणिज्यदूत नितेश कुमार, लगायत विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयको प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।