प्रभु अस्पतालमा भएको रक्तदानमा ५४ जनाद्वारा रक्तदान
वीरगन्ज, २९ असोज । प्रभु अस्पताल एण्ड रिसर्च सेण्टरले आयोजना गरेको रक्तदानमा १३ जना महिला सहित ५४ जनाले रक्तदान गरेका छन् । अस्पतालको तेश्रो स्थापना दिवसको अवसरमा आयोजित रक्तदानको प्रमुख अतिथि पर्साका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले उदघाटन गर्नुभएको थियो ।
रक्तदान गर्नेहरु गिनिसा कार्की, गोमा बस्नेत, कुन्दन गुप्ता, विक्की लामा, विमला गोले, किरण लामा, नेतवानी खातुन, सहनाज खातुन, रमावतीदेवी, लक्ष्मी गुप्ता, नवराज घिमिरे, राधिका घिमिरे लगायत रहेका छन् ।
अस्पतालका संचालनक डाक्टर मनोज कुमार गुप्ताको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधिको उपस्थिति रहेको थियो । यसअघि शुक्रबार अस्पताले महिलाको पाठेघरको मुखको क्यान्सर हुने कारण तथा बच्ने उपायहरुको बारेमा जनचेतनामूलक कार्यक्रमको आयोजना गरिएको थियो ।
क्लासिक बंक्वेटमा आयोजना गरिएको कार्यक्रममा काठमाडौंका बरिष्ठ स्त्रीरोग विशेषज्ञहरुद्वारा पाठेघरको मुखमा हुने क्यान्सरबाट बच्ने उपायहरुको बारेमा महिलाहरुलाई जानकारी गराईएको थियो ।
अस्पतालकी संचालक तथा प्रसुती रोग विशेषज्ञ डाक्टर लक्ष्मी थापा गुप्ताको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ मधेस प्रदेशका अध्यक्ष गणेश लाठ, वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष डाक्टर सुवोध गुप्ता लगायतको उपस्थिति रहेको थियो ।