नेपाल रेडक्रस सोसाईटी मधेस प्रदेशको कार्यसमिति निर्विरोध निर्वाचित
वीरगन्ज, ९ भदौ । नेपाल रेडक्रस सोसाईटी मधेस प्रदेशको अध्यक्षमा फूल महम्मद मियाँ निर्विरोध निर्वाचित हुनुभएको छ ।
बिहीबार वीरगन्जको रेडक्रस भवनमा भएको निर्वाचनमा मियाँ सर्वसहमतिमा सम्पूर्ण कार्यसमिति नै सर्वसहमतिमा निर्विरोध निर्वाचित भएका हुन् ।
नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा महोत्तरीकी मुन्नी मिश्र, महासचिव बाराका दिव्यनाथ श्रेष्ठ, कोषाध्यक्ष रौतहटका भुवनी गिरी श्रेष्ठ, उपमहासचिव सर्लाहीका अजय कुमार राय यादव, उपकोषाध्यक्षमा पर्साका सलाउद्दीन अहमत निर्वाचित भएका हुन् ।
त्यस्तै महिला सदस्यमा बाराकी रुपमा अधिकारी चौधरी, धनुषाकी मञ्जु कुमारी, सदस्यहरुमा सिराहाका चन्देश्वर मण्डल, सप्तरीका भवेन्द्र प्रसाद यादव, रौतहटका रामाधार राय यादव र
सप्तरीको जगदीश प्रसाद अर्याल निर्वाचित भएको जिल्ला रेडक्रस सोसाईटी पर्सा सभापति विरेन्द्रराज कँडेलले जानकारी दिनुभयो ।