वीरगन्ज कलेजद्वारा आयोजित कार्यक्रममा ६१ जनाद्वारा रक्तदान

वीरगन्ज कलेजद्वारा आयोजित कार्यक्रममा ६१ जनाद्वारा रक्तदान

वीरगन्ज । वीरगन्ज कलेजको आयोजना शुक्रबार आयोजना गरेको रक्तदान कार्यक्रममा ६१ जनाले रक्तदान गरेका छन् । वीरगन्ज कलेज परिसरमा आयोजना गरेको रक्तदान कार्यक्रममा १७ जना महिला सहित ६१ जनाले रक्तदान गरेका हुन् ।

कलेजोका संचालक समिति अध्यक्ष डा. दिपेन्द्र कुमार चौधरीको अध्यक्षता तथा सामाजिक अभियन्ता प्रकाश थारुको मुख्य आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा कलेजका संचालक शिक्षक प्रेम पटेल, विद्यार्थी मुस्कान मिश्रा लगायत १७ जना छात्रा र ४४ जना छात्रा गरी ६१ जनाले रक्तदान गरेको कलेजका प्रमुख विनोद गुप्ताले जानकारी दिनुभयो ।

कलेजले विद्यार्थीहरुलाई सामाजिक सेवामा लाग्न प्रेरित गर्ने उद्देश्यले हरेकबर्ष रक्तदान कार्यक्रको आयोजना गर्दै आएको कलेजका अध्यक्ष डा.दिपेन्द्र कुमार चौधरीले बताउनुभयो ।

रक्तदान कार्यक्रममा कलेजका शिक्षकहरु प्रेम श्रेष्ठ, रुदल ठाकुर, डा.अशोक ठाकुर, लोकतान्त्रिक समाजवादी पार्टीका महानगर अध्यक्ष ओमप्रकश सर्राफ, वीरगन्ज युवा समाजका अध्यक्ष कमल चौगाई,

प्रेस सेण्टर नेपालका केन्द्रीय सदस्य नीरज पिठाकोटे, समाजवादी प्रेस संगठन पर्साका अध्यक्ष मनोज पटेल लगायतको उपस्थिति रहेको थियो ।