विन्दवासिनी गाउँपालिकामा माओवादी केन्द्रबाट अध्यक्ष पदमा तीन जनाको दावी
वीरगन्ज । स्थानीय तहको निर्वाचन नजिकिदै जाँदा पालिकाहरुमा उम्मेदवारहरुको आकांक्षीहरुले उम्मेदवार दावी गर्न थालेका छन् । पर्साको विन्दवासिनी गाउँपालिकामा नेकपा माओवादी केन्द्रबाट तीन जनाले अध्यक्ष पदमा दावी गरेका छन् ।
स्थानीय प्रशुराम यादव, होदा गद्दी र शिवम कुमार साहले अध्यक्षको पदमा दावी गरेका छन् । होदा गद्दी २०७४ सालको चुनावमा माओवादी केन्द्रको तर्फबाट अध्यक्ष पदमा उम्मेदवार बनेर पराजित भएका थिए। केही दिन अगाडि पार्टीका विन्दवासिनी गाउँपालिकाका नेताहरुबीच उम्मेदवार टुङ्गो लगाउन बोलाइएको बैठकमा तीन जना उम्मेदवारको नाममा छ्लफल चलेको थियो।
छफलमा कोही पछि हट्न नमाने पछि विवाद समेत भएको पार्टी गाउँपालिका कमिटी सह–सचीव सुधीर पन्डीतले जानकारी दिनुभयो । तर, उम्मेदवारको बारेमा अहिले छलफलमा रहेको र पार्टी भित्र कुनै बिबाद नभएको माओवादी केन्द्र विन्दवासिनी गाउँपालिका उपाध्यक्ष नन्दलाल मुखीयाले बताउनुभयो । उहाँले भन्नुभयो, “हामी सहमतिमै उम्मेदवार टुङ्याउछौ।”
अहिले प्रस्ताव आएका तीन जना उम्मेदवार पार्टीमा क्रीयशल नेताहरु हुन्, उहाँले भन्नुभयो, “उनीहरु मध्ये होदा जी पछिलो चुनावमा पार्टीबाट लडिसक्नु भएको छ। त्यस्तै अर्का उम्मेदवार पर्शुराम जी कम्युनिष्ट आन्दोलनका पुराना नेता मध्यका एका हुनुहुन्छ । वहाँ २०४६ बाट कम्युनिस्ट आन्दोलनमा हुन्हुन्छ्न र शिवम जी युवा हुन्हुन्छ पार्टीको नेतृत्व समेत गर्नुभएको छ। हामी छ्लफल गर्दैछौ र छिट्टै उम्मेदवार टुङ्याउने छौ।”
यद्यपि नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समितिको गति भने अहिले धिमा देखिएको छ । सबै राजनीतिक दलहरुले निर्वाचनको गतिविधिहरु तीब्र बनाएपनि माओवादी केन्द्रले भने प्रभावकारी गतिविधि गर्न सकेको छैन ।