वीरगन्ज कलेजमा न्यायिक वाह्य पहुँच सम्बन्धि प्रशिक्षण सम्पन्न
वीरगन्ज, १२ असार । वीरगन्ज कलेजका कानून संकायका विद्यार्थीहरुलाई न्यायिक वाह्य पहुँच सम्बन्धि प्रशिक्षण दिईएको छ । पर्सा जिल्ला अदालतको आयोजनामा बीरगन्ज कलेजका कानून संकायमा अध्यनरत ५० जना छात्र–छात्राहरुलाई न्यायिक बाह्य पहुँचको विषयमा प्रशिक्षण दिईएको थियो ।
कलेजको सभाहलमा सम्पन्न प्रशिक्षणमा पर्सा जिल्ला अदालतका प्रमुख जिल्ला न्यायाधीश धर्मराज पौडेल, जिल्ला न्यायाधीश नारायण प्रसाद शर्मा, श्रेस्तेदार अरुण कुमार कोइराला, शाखा अधिकृत सूर्य बहादुर राना लगायतकाले प्रशिक्षण दिनु भएको थियो ।
बीरगन्ज कलेजका अध्यक्ष अर्थविद डा. दिपेन्द्र कुमार चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा कलेजका प्रशासन प्रमुख सुरेश प्रसाद चौधरी, कानुन संकाय संयोजक अधिवक्ता रामनाथ महतो, शिक्षकद्वय धन बहादुर थापा, अजय स्वर्णकार लगायत सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।