इन्धनको मूल्य घटेपछि गाडी भाडापनि घट्यो 

इन्धनको मूल्य घटेपछि गाडी भाडापनि घट्यो 

वीरगन्ज, १२  असार । सरकारले इन्धनमा कर घटाउने निर्णय पश्चात तेलको मूल्य घट्दा सार्वजनिक सवारी साधनको भाडा पनि घटनेको छ । शनिबार रातिबाट पेट्रोलियम पदार्थको मूल्य घटेएलगत्तै सरकारले सार्वजनिक सवारीको भाडा घटाएको हो ।  

अन्तर प्रदेश चल्ने सार्वजनिक सवारीको भाडा घटाएको छ । सरकारले शनिबार पेट्रोलको मूल्यमा प्रतिलिटर २० रुपैयाँ र डिजेलमा २९ रुपैयाँ मूल्य घटाएको थियो ।  यातायात व्यवस्था विभागले स्वचालित प्रणालीअनुसार भाडा घटाएको हो ।

यात्रुबाहक सवारीको भाडा ५.४१ प्रतिशत, पहाडी बाटोमा चल्ने मालबाहक सवारीको ६.९७ प्रतिशत र तराईको बाटोमा चल्ने मालबाहक सवारीको भाडा ७.६८ प्रतिशतले घटेको छ ।


कहाँबाट कहाँको कति भाडा हेर्नुहोस 

Files