पर्सा राष्ट्रिय निकुञ्जमा शिकार गर्न गएका पाँचजना हतियार सहित पक्राउ

पर्सा राष्ट्रिय निकुञ्जमा शिकार गर्न गएका पाँचजना हतियार सहित पक्राउ

वीरगन्ज, ५ पुस । पर्सा राष्ट्रिय निकुञ्जमा शिकार गर्न गएका ५ जना मृत जरायो र जरायोको सिंहसहित पक्राउ परेका छन् ।  पर्सा राष्ट्रिय निकुञ्ज अन्तर्गत पर्साको सखुवाप्रसौनी गाउँपालिका वडा नम्बर १ अकुअनिया स्थितको वनजङ्गलमा वन्यजन्तुको शिकार गर्न पुगेका स्थानीय ३ जना र काभ्रे जिल्लाका २ जना गरी ५ जनालाई वन संरक्षण टोलीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सखुवाप्रसौनी गाउँपालिका वडा नम्बर १ का झापस दास थारु, अकुअनिया टोलका नवराज बस्नेत, काभ्रे घर भई हाल सखुवाप्रसौनी १ मै बस्ने.दामोदर अधिकारी, वडा नम्बर १ खजुरिया निवासी विशाल सहनी, काभ्रेको नासिक गाविस ६ मालदोङ्ग तामाङ्ग रहेको पर्सा राष्ट्रिय निकुञ्ज अधाभारका प्रमुख संरक्षण अधिकृत अशोक राम जानकारी दिनुभयो ।

उनीहरुको साथबाट टाउकोमा गोली लागी मृत अवस्थामा रहेको पोथी जरायो र भाले जरायोको टाउको, शिकार गर्न प्रयोग भएका १२ बोरको भरुवा बन्दुक १ थान, १२ राउण्ड गोली, पाँच थान मोवाईल, दुई लाख ९० हजार ६ सय ३० रुपैया नगद बरामद भएको प्रमुख संरक्षण अधिकृत रामले बताउयनुभयो ।

उनीहरुले प्रयोग गन बा ५ त ७८०५ नम्बरको टोयटा गाडी, र प्रदेश २ ०२–०३–००१ च ३०९७ नम्बरको बोलेरो गाडी पनि नियन्त्रण लिई थप अनुसन्धान भईरहेको पर्सा राष्ट्रिय निकुञ्ज आधाभारका सुचना अधिकारी सुर्य खड्काले बताउनुभयो । नियन्त्रणमा लिएको गाडी मध्य एउटा गाडी नवनिर्वाचित प्रदेशसभा सदस्य प्रमोद जयसवालले प्रयोग गर्ने गाडी रहेको पनि स्रोतले जनाएको छ । त्यसको आधिकारिक पुष्टि भने भएको छैन ।