देशभरका विद्यालय माघ १५ गतेसम्म बन्द गर्ने सीसीएसीको निर्णय 

काठमाडौं, २५ पुस । सरकारले देशभरका विद्यालय माघ १५ गतेसम्म बन्द गर्ने भएको छ । कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि

आइतबार बसेको कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) को बैठकले माघ १५ गतेसम्म हिउँदे विदा दिएर देशभरका आधारभूत र माध्यमिक विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।

सरकारले गरेको निर्णयलाई कार्यान्वयनमा ल्याउनका लागि अभिभावकहरुलाई पनि बालबालिका विद्यालय नपठाउन आग्रह गर्ने निर्णय गरेको प्रवक्ता सुनीता नेपालले जानकारी दिनुभयो ।