सशस्त्र प्रहरी प्रदेश २ को अर्को एक्सन, स्रोत नखुलेको साढे १४ लाख सहित एकजना पक्राउ 

सशस्त्र प्रहरी प्रदेश २ को अर्को एक्सन, स्रोत नखुलेको साढे १४ लाख सहित एकजना पक्राउ 

वीरगन्ज, २५ पुस । सीमा क्षेत्रमा हुने अवैध कारोबार, चोरी पैठारी र आपराधिक गतिविधि नियन्त्रणमा आक्रामक बनेको सशस्त्र प्रहरी बल छिन्नमस्ता बाहिनी प्रदेश २ मुख्यालय बर्दिवासले फेरी अवैध रकम सहित एकजनालाई पक्राउ गरेको छ ।

अवैध रकमको ओसार पसार हुने गरेको विशेष सूचनाको आधारमा छिन्नमस्ता बाहिनी प्रदेश २ मुख्यालय बर्दिवासका प्रमुख सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआईजी) गणेश ठाडा मगरले खटाएको स्क्वाड टोली र रौतहटको परोहा नगरपालिका वडा नम्बर १ जिङ्गडवा बेलविछुवा बेश क्याम्पको संयुक्त टोलीले स्रोत नखुलेको १४ लाख ५० हजार सहित एकजना भारतीयलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भारतको पूर्वीचम्पारण तिलहराकला–७ का ३९ बर्षका सञ्जय कुमार जयसवाल रहेका छन् । बिआर ०५ एजी ८०५६ नम्बरको भारतीय मोटरसाईकल चलाएर आईरहेका जयसवाललाई शंका लागेर चेकजाँच गर्दा मोटरसाईकलको सिटमुनी लुकाएर

ल्याएको १४ लाख ५० हजार रुपैंया नगद बरामद गरेको सशस्त्र प्रहरी बल छिन्नमस्ता बाहिनी प्रदेश २ मुख्यालय बर्दिवासका प्रमुख सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआईजी) गणेश ठाडामगरले जानकारी दिनुभयो । नगद रकम र मोटरसाईकल सहित पक्राउ परेका जयसवाललाई आवश्यक अनुसन्धान भईरहेको सशस्त्र प्रहरी नायव महानिरीक्षक ठाडामगरले बताउनुभयो ।